पोखरा । रोटरी क्लब अफ पोखरा न्यूरोडको आयोजना र पोखरा महानगरपालिका वडा नं. २२ को कार्यालयको सहकार्यमा उल्लेरी गाउँका ५० घरपरिवारलाई विद्युतिय चुल्हो सहित आवश्यक भाडाहरु विहिबार वितरण गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि रोटरी इन्टरनेश्नल ३२९२ का गभर्नर इलेक्ट विनोद कोइरालाले सहभागिलाई २००० वाटको विद्युतिय चुल्हो, ३ लिटरको प्रेसर कुकर, दिउरी र कराई सहितको सेट सहभागि मध्ये जेष्ठ नागरिकलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । साथै उनले विद्युतबाट चल्ने भएकोले प्रयोगमा ल्याउन सुरु सुरुमा अप्ठ्यारो हुने भएकाले इलेक्ट्रिसियनको सहयोग लिनु पर्ने सुझाव दिदैं ग्यास र दाउरामा खाना पकाउन भन्दा सस्तो पर्ने समेत वताए ।
सो अवसरमा पोखरा महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष हिमलाल बरालले रोटरी क्लब संग सहकार्य गरेर आफ्नो वडालाई धुवा मुक्त भान्सा वनाउने अभियानमा जोडिन पाउनु नै गर्वको कुरा भएको वताए । साथै उनले वातावरण जोगाउँदै स्वस्थ रहि आफ्नै देशमा उत्पादन भएको विजुलीको अधिकतम् उपयोग गर्नु पनि नागरिकको कर्तव्य भएको वताए ।
कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दिपेन्द्र शर्माले आगामि वर्ष पोखरा २२ का सबै घर धुरी धुवा मुक्त वनाउन सबै वडावासीलाई विद्युतिय चुल्हो तथा अन्य आवश्यक किचन सामाग्रीहरु वितरण गर्ने योेजना रहेको वताए ।
क्लबका अध्यक्ष दिपेन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, क्लबका पुर्व अध्यक्षहरु सुवास सिग्देल, गिता सिग्देल, कार्यक्रम संयोजक प्रेम प्रसाद शर्माले वोलेको कार्यक्रमको संचालन सचिव वर्षा केशव पराजुलीले गरेका थिए ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…