Categories: समाचार

जेसीज सप्ताहको तेस्रो दिन शैक्षिक तथा खेलकुद सामग्री वितरण

गोरखा ।

गोरखा जेसीजले जेसीज सप्ताहको तेस्रो दिन मंगलबार (भाद्र ३ गते) गोरखाको सिरानचोक गाउँपालिका–५ स्थित श्री मण्डली माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

सिरानचोक गाउँपालिकाको अध्ययनअनुसार अति आवश्यक विद्यालयमा अध्यापन गर्ने गरिब तथा जेहेन्दार ३४ जना विद्यार्थीलाई झोला, कापी लगायतका शैक्षिक सामग्री वितरण गरिएको कार्यक्रम संयोजक जेसी सन्दिप बयालकोटीले जानकारी दिए ।

शाखाका अध्यक्ष जेसी सुमन गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा गोरखा जेसीजका पूर्व अध्यक्ष प्रविन वस्नेतको समेत सहभागिता रहेको थियो ।

सोही दिन गोरखा जेसीजले सिरानचोक गाउँपालिकालाई खेलकुद सामग्री समेत हस्तान्तरण गरेको छ । खेलकुद सामग्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्याललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको शाखा अध्यक्ष गुरुङले बताए ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि अध्यक्ष ज्ञानेन्द्र गुरुङले गोरखाको समृद्धि र विकासमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले शिक्षा, स्वास्थ्य र खेलकुद जस्ता क्षेत्रलाई समेटेर जेसीजले सप्ताह मनाउनु सराहनीय कार्य भएको उल्लेख गर्दै गोरखामा उदाहरणीय काम गर्ने संस्थाहरूलाई गाउँपालिकाले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जेसीज सप्ताह अन्तर्गत आगामी कार्यक्रमहरूमा भाद्र ४ गते स्वास्थ्य शिविर, ५ गते जेसीज संरचना सरसफाई तथा जिल्ला अस्पताल गोरखामा फलफूल वितरण, ६ गते वक्तृत्वकला प्रतियोगिता, ७ गते सुस्त गतिमा मोटरसाइकल तथा स्कुटर चलाउने प्रतियोगिता र सोही दिन समापन समारोह आयोजना गरिने जानकारी अध्यक्ष गुरुङले दिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago