Categories: समाचार

देशभर मनोनयन दर्ता, रुख चिन्हमा मतदान गर्न मुख्यमन्त्री पाण्डेको अपील

फागुन २१ गते हुने निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता सम्पन्न भएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनोनयन दर्ता प्रक्रिया केवल उम्मेदवारको नाम दर्ता गर्ने कार्य मात्र नभई लोकतन्त्रप्रतिको साझा प्रतिबद्धताको पुनःपुष्टि भएको बताएका छन्।

लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सम्पन्न हुन गइरहेको यस निर्वाचनलाई नेपालको राजनीतिक यात्रामा एक महत्वपूर्ण मोडका रूपमा लिनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ। निर्वाचनलाई निष्पक्ष, भयरहित र सफल बनाउँदै लोकतन्त्रलाई अझ बलियो बनाउने दायित्व सबैको साझा जिम्मेवारी रहेको उनले उल्लेख गरे।

लोकतन्त्र, संविधान, समावेशिता, सामाजिक न्याय र नागरिक स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको राजनीतिक दलको रूपमा नेपाली कांग्रेसको यो निर्वाचन सफल बनाउन महत्वपूर्ण भूमिका रहने पाण्डेले बताए। उनले विगतका घटनाबाट पाठ सिक्दै आक्रोश र निराशाभन्दा आशा र समाधानको राजनीतितर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

पछिल्लो समय देशले भोगेको राजनीतिक अस्थिरता, अविश्वासको वातावरण तथा आन्दोलनका नाममा भएका भौतिक र सामाजिक क्षतिले सबैलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको उनको भनाइ छ। राणा शासनविरुद्धको संघर्षदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससम्म नेपाली कांग्रेसले देशलाई सही दिशामा अघि बढाउने नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको तथ्य इतिहासले प्रमाणित गरिसकेको उनले स्मरण गराए।

हालको जटिल अवस्थामा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र आम शुभेच्छुकलाई आन्तरिक मनमुटाव बिर्सेर विवेकपूर्ण निर्णय, एकता र सहकार्य तथा स्थायित्वका लागि एकतावद्ध हुन मुख्यमन्त्री पाण्डेले आग्रह गरे। उनले चारतारे झण्डा बोकेर रुख चिन्हमा मतदान गर्न जनतामाझ जान आह्वान गर्दै, देशलाई वर्तमान संकटबाट निकास दिन आम मतदातालाई नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न अपील गरे।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago