Categories: समाचार

गोरखामा प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र आइपुग्यो, ८३ मतदानस्थल अतिसंवेदनशील

गोरखा । गोरखा जिल्लामा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र आइपुगेको छ। दुबै निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक तर्फका मतपत्र शनिबार जिल्लामा ल्याइएको हो।

क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ १ लाख ३० हजार र समानुपातिकतर्फ १ लाख ३७ हजार मतपत्र प्राप्त भएको सहायक निर्वाचन अधिकृत कृष्णमुरारी सिग्देलले जानकारी दिए। क्षेत्र नम्बर २ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ १ लाख १७ हजार मतपत्र आइपुगेको सहायक निर्वाचन अधिकृत सरोज भण्डारीले बताए। मतपत्रलाई छुट्याएर प्याकिङ गर्ने काम भइरहेको जनाइएको छ।

जिल्लामा कुल २ सय २५ मतदानस्थल र ३ सय ३१ मतदान केन्द्र तोकिएका छन्। तीमध्ये ८३ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ। निर्वाचनका लागि आवश्यक अन्य सामग्री व्यवस्थापन सकिएको छ भने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

दुबै क्षेत्रमा गरी २५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago