विराज त्रिपाठी
कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत ५ बर्ष देखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई फाईजर–बायोएनटेक खोप दिने बारे गोरखा सदरमुकाममा पत्रकार अभिमुखिकरण कार्यक्रम भएको छ । कार्याक्रममा कोभिड–१९ विरुद्ध खोप को अभियानमा गोरखा जिल्लाका बालबालिकाहरु कुनै पनि नछुटोस भन्ने उद्देश्यले पत्रकारहरु मार्फत सबैजना सामु पु¥याउन उक्त कार्यक्रम राखिएको थियो ।
विश्वभर फैलिरहेका विभिन्न प्रजाति र उपप्रजातिका कोरोनाभाइरसले निम्त्याउन सक्ने लहरबाट बालबालिकालाई जोगाउन खोप नै प्रभावकारी उपाय बन्न सक्ने जानकारहरू बताउँछन्। बाल रोग तथा खोप विशेषज्ञहरूको सुझाव अनुरूप श्वास्थ्य कार्यालय, गोरखाले पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि भदौ ५ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भएको छ।
आइतवार कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट युएसएडको सहयोगमा नेपाल आइपुगेको २२ लाख तीन हजार दुई सय मात्रा फाइजर खोप बालबालिकालाई दिन लागिएको हो।
कहिले र कहाँ दिइन्छ खोप ?
बालबालिकाका लागि खोप अभियान भदौ ५ गतेदेखि सुरु हुँदैछ।
स्वास्थ्य कार्यालय, गोरखा अनुसार एक सातासम्म चल्ने अभियानमा चुमनुब्री गाउँपालिका बाहेक गोरखा जिल्लामा पर्ने सम्पुर्ण नगरपालिका तथा गाउँपालिका भित्र पर्ने स्वास्थ्य चौकी, हस्पिटल आदि मार्फत उक्त कार्याक्रम सञ्चालन हनेछ ।
पहिलो मात्रा खोप लगाएको २१ दिनपछि दोस्रो मात्रा दिइनेछ। त्यसका लागि भदौ पहिलो साताअघि नै थप खोप नेपाल भित्रने उनको भनाइ छ।
कुन खोप दिन लागिएको हो ?
अमेरिकी सरकारको एउटा समितिले फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने भन्दै सिफारिस गरेको थियो।
त्यसलाई खाद्य तथा औषधिसम्बन्धी प्रशासन एफडीएका विज्ञहरूले समर्थन गरे। खोप निर्माता कम्पनीले परीक्षणबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप सुरक्षित रहेको देखाएको जनाएको थियो। यस उमेर समूहका लागि बनाइएको खोपमा ०.२ मिलिलिटर कोभिडविरुद्ध एन्टिजन राखिएको हुन्छ। वयस्कलाई दिइएको खोपमा एन्टिजन ०.३ मिलिलिटर हुन्छ। साना नानीहरूका लागि सुरक्षित पुष्टि भएको खोप अन्य उमेर समूहका लागि प्रभावकारी हुँदैन। त्यसैले यो खोपको दुरुपयोग हुने सम्भावना कम छ ।
बालबालिकालाई खोपको कस्तो प्रभाव ?
केही बालबालिकाको खोप लगाएको ठाउँमा सुन्निने वा हात दुख्नेजस्ता समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन्। त्यस्तै कसैलाई आलस्य महसुस हुने समेत हुनसक्छ। तर खोप लगाएपछि देखिने यस्ता लक्षणहरूसँग सावधान रही नआत्तिन सुझाव दिन्छन्।
श्वास्थ्य कार्यालयः यी सामान्य असर हुन्, डराउनु पर्दैन। खोप लगाएपछि वयस्क मानिसहरूमा पनि अल्पकालीन असर देखिन्छ। त्यस्ता असर खोप लगाएको केही दिनमै कम हुँदै जान्छ। केही बालबालिकालाई भने खोप लगाएपछि ज्वरो आउने वा एलर्जी देखिने श्वास्थ्य कार्यालयको भनाइ छ। यदी शरीरले देखाउने प्रतिक्रिया गम्भीर भएको खण्डमा बच्चालाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नु पर्छ ।
पाँचदेखि ११ वर्षका बालबालिकालाई खोप दिँदा कस्तो सावधानी आवश्यक ?
स्वास्थ्य कार्यालय, गोरखाका अनुसार उक्त उमेर समूहका प्रायः सबै बालबालिकाले यो खोप लगाउन मिल्छ। कुनै गम्भीर प्रकारका एलर्जी वा स्वास्थ्य समस्या भएका बालबालिकाका हकमा त्यसबारे स्वास्थ्य स्वयंसेवीहरूलाई जानकारी गराउनुपर्छ र उनीहरूले त्यस्तो अवस्थामा खोप प्रयोग गर्न मिल्छ कि मिल्दैन भनेर जानकारी गराउनेछन्।
मुटुको समस्या रहेका बालबालिकालाई पूर्ण रुपमा निको नभई खोप नदिन, पहिलो खोप लगाएपछि त्यस्तो समस्या देखिएको अवस्थामा निको भएपछि मात्रै दोस्रो मात्रा दिनुपर्ने , ज्यादै कमजोर रोगप्रतिरोधी क्षमता भएका बालबालिकाहरूमा खोप नदिन स्वास्थ्य कार्यालय, गोरखाले जानकारी दिइएको छ ।
दीर्घ रोगहरू जसका कारण बच्चाको प्रतिरोधी क्षमता ज्यादै कमजोर हुन्छ उनीहरूलाई समेत नदिनू भन्ने कार्यालयलेको निर्देशन रहनेछ ।
पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा दिन सकिने र दोस्रो मात्रा लगाएको कम्तीमा ५ महिनापछि बुस्टर डोज दिन सकिने उसको भनाइ छ।
खोपको भण्डारणमा कुनै चुनौती छ ?
सुरुमा उक्त खोपलाई अति चिस्यान भएको फ्रिजमा माइनस ९० डिग्रीदेखि माइनस ६० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने हुन्छ।
त्यसरी राखेको खण्डमा उक्त खोपको म्याद उत्पादन भएको मितिले १२ महिनासम्म रहने श्वास्थ्य कार्यालय, गोरखाले जनाएको छ।
खोप दिनुअघि त्यसमा ०.९ प्रतिशत सोडियम क्लोराइड मिसाउन सुझाव दिइएको छ र त्यसरी मिसाइएका खोपका भायलहरू २ देखि २५ डिग्री सेल्सियस तापक्रममा १२ घण्टासम्म सुरक्षित हुने भनिएको छ।
तर त्यस्तो मिश्रण गरिनुअघि अति चिसो तापक्रमबाट निकालिएका खोपहरू १० हप्तासम्म साधारण फिज्रमा राख्न सकिने श्वास्थ्य कार्यालयको सुझाव रहेको छ।
५ देखि ११ बर्ष उमेर समुहका बालबालिकालाई गोरखा जिल्लामा कोभिड–१९ विरुद्ध फाइजर बायोएनटेकको खोप लगाउन स्वत: असक्षम सिरिन्ज (AUTO-DISABLE SYRINGES) प्रयोग गर्ने भएको छ ।
झट्ट हेर्दा सिरिन्ज लगाउदा सिरिन्ज अड्किएको देखिन्छ तर यस प्रकारको सिरिन्ज लगाइ सकेपछि निडिल स्वतः भित्र पस्ने गर्दछ । जसकारण आम जनमानस यस प्रकारको सिरिन्ज लगाउदा नडाराउन हुन श्वास्थ्य कार्यालय, गोरखाले जानकारी दिइएको छ ।
फाइजररबायोएनटेकको खोप पहिलोपटक सन् २०२०, डिसेम्बरमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको थियो। त्यो बेला १६ वर्ष माथिकालाई मात्र अनुमति थियो। त्यस्तै सन् २०२१, मेमा अमेरिकी संस्था एफडिएले १२ देखि १५ वर्षकालाई आपतकालीन प्रयोगको अनुमति दियो। सन् २०२१, अगस्टमा अमेरिकामा यो खोपलाई १६ वर्ष माथिकालाई प्रयोग गर्न सक्ने पूर्ण अनुमति दिइयो। यो नै अमेरिकामा पूर्ण स्वीकृति प्राप्त गरेको पहिलो कोरोना खोप थियो।
गोरखा । ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा पुनः राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा…
गोरखा । गोरखा जेसीजद्वारा आयोजित दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।…
गोरखा । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै गोरखा सदरमुकाममा ‘तेस्रो रैथाने खाना तथा सडक…
गोरखा । गोरखामा आगामी वैशाख ३ गतेदेखि दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ।…
चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा…
गोरखा । गोरखा जेसीज गोरखाले युवाहरूको नेतृत्व विकास, खेलकुद प्रवर्द्धन र सामाजिक सशक्तीकरणलाई लक्षित गर्दै…