काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बञ्चरेडाँडासम्म फोहोर लिएर जाने सडकको दुर्दशा आफ्नो फेसबुकमार्फत सावर्वजनिक गरी प्रचण्डको आलोचना गरेका छन्।
उनले लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।’
उक्त सडकको ठेकेदार कम्पनीका सञ्चालक प्रचण्ड बस्दै आएको घरको घरबेटीसमेत भएकाले उनेल सो कुरा लेखेका हुन्। साहले फेसबुकमार्फत ल्याण्डफिल साइट रहेको स्थानीय तहसँग गरेको सम्झौताको विवरण पनि सार्वजनिक गरेका छन्। सोही सम्झौताको बुँदाहरु कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडाका बासिन्दा आन्दोलित भएका हुन्।
प्रहरी प्रशासनको सहयोगमा आज १८६ फोहोरका गाडीहरू बञ्चरे डाँडा पुगेका थिए।। साहले फोहोर व्यस्थापनमा प्रहरी प्रशासनको लिनै नपर्ने उद्देश्य रहेको बताए।’फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस्। यो हाम्रो प्रतिबद्धता हो। हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौँ।’ उनले भने।
साभार: नागरिक दैनिक
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…