खेलकुद

रोनाल्डो देशमा विशिष्ट अवार्डले सम्मानित : युरो कप-२०२४ सम्म अन्तर्राष्ट्रिय फुटबल खेल्ने

हाल ३७ वर्ष पुगेका पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो भविष्यबारे महत्त्वपूर्ण भनाइ राखेका छन् । उनले आफूले कम्तीमा पनि सन् २०२४ मा हुने युरो कपसम्म अन्तर्राष्ट्रिय फुटबल खेल्ने बताएका छन् । कतार विश्वकपअघि युईएफए नेसन्स लिगका खेल खेल्न पोर्चुगलको टोलीमा पुगेका उनले अवार्ड कार्यक्रममा बोल्दै आफ्नो भविष्यबारे बताएका हुन् । धेरैले रोनाल्डोका लागि कतार विश्वकप नै अन्तिम प्रतियोगिता हुने अनुमान गरिरहेका बेला उनले २ वर्षपछि हुने युरो कपमा आफू ठीकठाक हुने बताएका हुन् ।

पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोलाई गत राति देशमा विशिष्ट अवार्डले सम्मानित गरियो । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बनेपछि रोनाल्डोलाई ‘क्विनास डे ओरो २०२२’ अवार्डबाट सम्मानित गरिएको हो । रोनाल्डोले गत वर्ष भएको युरो कप दौरान विश्व फुटबलको सर्वाधिक गोलको रेकर्ड भंग गर्दै आफ्नो नाममा लेखाएका थिए । रोनाल्डोले हालसम्म पोर्चुगलका लागि १८९ खेलबाट ११७ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने रेकर्डधारी खेलाडी हुन् ।

अवार्ड ग्रहण गरेपछि आफ्ना कुरा राख्ने क्रममा रोनाल्डोले टिमका सहकर्मी, कोच, स्टाफ, परिवार र फ्यान सबैलाई धन्यवाद दिँदै आफ्नो भविष्यबारे बताए । सो क्रममा उनले देशका लागि खेल्नु सबैभन्दा ठूलो गर्वको अनुभूति हुने भन्दै आफूले कम्तीमा पनि २०२४ को युरो कपबारेमा अहिले नै सोचिरहेको बताए । रोनाल्डोले आफूले कतार विश्वकप खेल्ने पक्का गर्दै आफूले आगामी युरो कपमा खेल्न चाहेको धारणा राखेका छन् । उनले त्यसो भन्दा समारोहमा उपस्थित राष्ट्रिय टिममा सहकर्मीले चर्को ताली बजाएका थिए ।

‘जब तपाईं आफ्नो देशका लागि खेल्नुहुन्छ, यो निःशर्त प्रेम हो । राष्ट्रिय टोलीसँग मेरो अध्याय अझै सकिएको छैन । म विश्वकपमा हुनेछु । र, म युरो कपमा हुन चाहन्छु । म अब जिम्मेवारी लिन्छु,’ रोनाल्डोले भनेका छन्, ‘मैले आफ्नो उमेरको चिन्ता गरेको छैन । म अहिले पनि ठीकठाक खेलिरहेको छु । मानिस मेरो भवियष्लाई लिएर धेरे कुरा गरिरहेका छन् । तर, म थाकिसकेको छैन । जबसम्म म थाक्दिनँ, म खेलिरहन्छु । मलाई लाग्छ, थाक्ने समय आइसकेको छैन । जब त्यो समय आउँछ, म सबैलाई बताउनेछु ।’

रोनाल्डोले अवार्डबाट सम्मानित भएकोमा खुसी पनि व्यक्त गरेका छन् । ‘मेरा लागि म यो अवार्ड प्राप्त गर्न पाउँदा गर्व गर्छु । मैले कहिल्यै सोचेको थिइनँ कि, म शीर्ष स्कोरर हुनेछु । मैले खेलेका सबै मानिसलाई धन्यवाद दिन चाहन्छु, म पोर्चुगल महासंघलाई धन्यवाद दिन्छु । म अझै उत्साहित छु । मेरो प्रेरणा अझै छ,’ रोनाल्डोले थपे ।

कतार विश्वकपको तयारीमा रहेको पोर्चुगलले यस ब्रेकमा युईएफए नेसन्स लिग अन्र्गत समूह चरणका अन्तिम २ खेल खेल्ने तालिका रहेको छ । स्पेन र चेक रिपब्लिकसँग हुने यी अन्तिम २ खेलबाट पोर्चुगल समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गर्ने दाउमा रहेको छ । अहिले पोर्चुगल दोस्रो स्थानमा छ । सेमिफाइनल जान उसले स्पेनलाई पराजित गर्नैपर्छ । पोर्चुगलले नेसन्स लिगको पहिलो संस्करणको उपाधि सन् २०२१९ मा जितेको थियो । त्यसअघि सन् २०१६ सालमा युरो कपको उपाधि पनि जितेको थियो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago