राेनाल्डाे सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी

खेलकुद

मङ्सिर २५ । पाेर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानाे राेनाल्डाे सवैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी बन्न पुगेका छन्।


माेरक्काेविरुद्ध कतारमा जारी विश्वकप फुटबलकाे क्वाटर फाइनल खेलअन्तर्गत दाेस्राे हाफकाे ५१ मिनेटमा रुबेन नेभासलाई पदस्थापन गर्दै मैदान प्रवेश गरेपछि उनले याे कीर्तिमान बनाएका हुन्।


उनले १९६ अन्तर्राष्ट्रिय खेल खेल्ने कुवेतका बादेर अल–मुतवाकाे कीर्तिमान बराबरी गरेका हुन्। उनकाे विश्वकपमा याे २२ औं खेल पनि हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *