राजनीति

समानुपातिक सिट पत्नी र परिवारको अंश होइन: देउवालाई कोइरालाको चिठी

नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वलाई अत्यन्त जरुरी ध्यानाकर्षण पत्र

श्रीमान सभापतिज्यू

नेपाली कांग्रेस

तथा

सदस्यहरू, संसदीय बोर्ड

महोदयहरू

नेपाली कांग्रेस अहिले विषम परिस्थितिबाट गुज्रिरहेको छ । कांग्रेसलाई समाप्त पार्ने षडयन्त्र अहिले विकराल रूपमा सतहमा देखा परेको छ । पुरै देशलाई ठुलो संकटतर्फ धकेल्ने कुप्रयास भइरहेको छ । यस्तो अवस्थामा नेपाली कांग्रेसले देशलाई निकास र विकास दिएर संकटबाट बाहिर ल्याउन अगुवाइ गर्नुपर्ने थियो । तर नेतृत्व सचेत र गंभिर नदेखिनु  अत्यन्तै दुःखलाग्दो परिस्थिति हो ।

कांग्रेस समाप्त पार्न र देशलाई संकटमा होम्नका लागि अहिले षडयन्त्रमूलक,, अप्राकृतिक कुकर्महरू भइरहेको छ । यो अवस्था कुनैपनि देशभक्त नागरिक तथा नेपाली कांग्रेसका इमानदार कार्यकर्ता टुलुटुलु हेरेर बसिरहन सक्दैछ । नेपाली कांग्रेसले आगामी आमचुनावमा संघ तथा प्रदेशहरूमा बहुमत ल्याउन आवश्यक छ । बहुमत ल्याउने गरी चुनावी तालमेल गर्न केन्द्रीय समितिको बैठकले निर्देश दिएको तथ्य म नेताहरूलाई स्मरण गराउन चाहन्छु ।

आमचुनावमा कांग्रेसलाई बहुमत ल्याउन नदिने गरी तालमेल गरिँदैछ । कांग्रेसले सय सिट भन्दा थोरैमा प्रत्यक्ष चुनाव लडेर कसरी बहुमत ल्याउन सक्छ ? आम जनताको तर्फबाट उठिरहेको यो प्रश्नको जवाफ मुखबाट नभएर व्यवहारबाट पार्टी नेतृत्वबाट आउन आवश्यक छ । हामी आधा सिट अन्य पार्टीहरूलाई दिइरहेका छौं, बाँकी रहेको आधा सिटमा कस्तालाई उम्मेदवार बनाउँदैछौं ? यो गम्भीर प्रश्न भएको छ । पार्टीले समानुपातिकका लागि प्रस्ताव गरेका नामहरू परिवारवाद, वंशवाद, नातावाद, आसोपासेवाद र अर्थवादबाट प्रेरित भएको स्पष्ट देखिन्छ ।

समानुपातिक सूची आरक्षित सिट हो । आरक्षण पाउन लायक जाति, समुदाय, क्षेत्र तथा व्यक्तिहरूलाई समानुपातिक उम्मेदवारका रूपमा प्रस्ताव गरिनुपर्ने हो । त्यस विपरीत समानुपातिक निर्वाचन प्रणालीको आदर्श र मर्मको गला रेटेर पहुँचवाल, नातागोता, वंश, परिवार, आसेपासे तथा अर्थबलले सुसज्जित पात्रहरूलाई प्रस्ताव गरिएको देखिन्छ । समानुपातिक उम्मेदवार चयन गर्दा पार्टीभित्रको खास गुट, खास परिवार र खास नेताहरूको तावेदारीहरुलाई प्राथमिकता दिइएको छ । समानुपातिक सिट भनेको पत्नी तथा परिवारलाई दिइने अंश होइन, समानुपातिक सिट भनेको आफ्नो वंशका लागि आरक्षण होइन भन्ने सन्देश नेपाली कांग्रेसले देशव्यापी रूपमा दिनुपर्ने अवस्थामा त्यस विपरीत काम गरिएको छ ।

समानुपातिकतर्फ अंश, वंश र अर्थ प्रेरित उम्मेदवारहरूलाई प्रस्ताव गरिँदा त्यसको दुष्प्रभाव प्रत्येक्षमा लड्ने उम्मेदवारहरूलाई समेत पर्ने देखिन्छ ।

तसर्थ, निम्न नीति अपनाइयोस्–

१– संघ तथा प्रदेश संसद्मा एकाघर परिवार तथा दम्पतीबाट एक जनाभन्दा धेरैलाई अवसर नदिइयोस् ।

२– उम्मेदवार प्रस्ताव गरिएकाहरूले पार्टीभित्र जिम्मेवार पदमा आफ्नो नातागोता कोको छन् भन्ने सार्वजनिक रूपमा खुलाउने व्यवस्था गरियोस् ।

३– प्रत्यक्षमा उम्मेदवार बन्ने सामर्थ्य भएका, विगतमा संसद्मा प्रतिनिधित्व गरिसकेकाहरूलाई समानुपातिकमा उम्मेदवार नबनाइयोस् ।

४– जिम्मेवार पदमा बसेका नेताहरूले आफ्नो परिवार तथा वंशलाई आफ्नो व्यक्तिगत प्रभाव प्रयोग गरेर अवसर दिने दिलाउने काम नगर्ने सार्वजनिक प्रतिबद्धता गरुन् ।

५– प्रस्तावित कैयन उम्मेदवारहरूले अर्थबलमा समानुपातिकमा नाम पार्न सफल भएको भनी जनस्तरमा आक्रोश व्यक्त भइरहेको छ । समानुपातिक उम्मेदवार चयनमा आर्थिक चलखेल भएको सम्बन्धमा एक स्वतन्त्र आयोग बनाएर छानबिन गरियोस् ।

६– उम्मेदवार चयन गर्दा वर्गीयतालाई पनि आधार बनाइयोस् । अर्थात्, समानुपातिक उम्मेदवार चयन गर्दा आर्थिक रूपमा विपन्नलाई प्राथमिकता दिइयोस् ।

यी केही नीतिहरू मैले सुझावका रूपमा प्रस्तुत गरेको छु । यी सुझाव मेरो मात्र नभएर नेपाली कांग्रेसका तमाम निष्ठावान, इमानदार कार्यकर्ताहरूको पनि हो र आम नेपाली जनताको पनि हो भन्ने तथ्यवोध गरियोस् । यी नम्र सुझावहरूलाई बेवास्ता गरेर पार्टी नेतृत्व अगाडि बढेको अवस्थामा आम कार्यकर्ता तथा जनताले गर्ने विद्रोहको जिम्मेवारी अंशवाद, वंशवाद तथा अर्थवादमा चुर्लुम्म डुबेका नेताहरूले नै लिनुपर्ने हुन्छ।

धन्यवाद, जय नेपाल

दिनेश कोइराला

केन्द्रीय सदस्य, नेपाली कांग्रेस

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago