१३ असोज २०७९ । गण्डकीमा एक वर्षमा १ हजार ११८ वटा भ्रष्टाचारका उजुरी परेका छन् । आर्थिक वर्ष २०७८।७९ मा प्रदेशको नवलपुरबाहेक १० जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयमा १ हजार ११८ उजुरी दर्ता भएको अख्तियारको वार्षिक प्रतिवेदनमा छ ।
अख्तियारको पोखरा कार्यालयले बुधवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार गण्डकीमा १११८ उजुरी परेकोमा ७०७ उजुरी फर्छ्यौट भएका छन्, जुन कुल उजुरीको ६३ प्रतिशत हो ।
अघिल्लो आ.व.मा देशभरमा सबैभन्दा कम उजुरी गण्डकीबाट परेको छ । देशभर परेका २४ हजार ३३१ उजुरीमा गण्डकीबाट करिब ८ प्रतिशत मात्र उजुरी परेको हो । बागमतीबाट सबैभन्दा बढी २४।१३ प्रतिशत उजुरी परेको अख्तियार पोखरा कार्यालयका सूचना अधिकारी राजु कुँवरले जानकारी दिए ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…