१८ चैत २०८०, आइतवार
गोरखा । सुरक्षित वैदेशिक रोजगारका लागी संचालित सुरक्षित आप्रवासी सामी परियोजना गोरखामा प्रभावकारी वन्दै गएको छ । जिल्ला प्रसाशन कार्यालय गोरखाको परिसरमा पाँच वर्ष देखि परियोजना संचालनमा छ ।
आर्थिक वरिपरि ७९/८० को तथ्यांक अनुसार वैदेशिक रोजगारीका लागि प्रति वर्ष करिब ५ लाख भन्दा बढी श्रम शक्ति श्रम बजारमा प्रवेश गर्छन। नेपालबाट श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा जानेको संख्या ७१ लाख नाघी सकेको छ । गोरखामा भने श्रम स्वीकृती लिनेको संख्या महिला १३ सय ७४ जना र पुरुष १० हजार २ सय ५३ गरी कुल ११ हजार ६ सय २७ जना रहेको तथ्याङ्कले देखाएको छ । हाल नेपालबाट दैनिक सरदर २५ सय जना वैदेशिक रोजगारमा जाने गरेको तथ्यांकले देखाएको छ ।
परियोजनाले वैदेशिक रोजगारमा जानेहरुलाई सहि सुचना दिने सहजिकरण गर्ने, विदेशमा अलपत्र परेका कामदारहरुको उद्धार तथा ठगिमा परेकाहरुको रकम मेनपावर कम्पनीहरुवाट फिर्ता लिएर पिडित पंंक्षलाई वुझाउने जस्ता कार्य गर्दै आएको छ ।
परियोजनाले विदेश जाने युवा युवतीहरुलाई परामर्स दिदै विदेश जाँदा कस्तो मेनपावरको भरमा जादै हुनुहुन्छ, सिप सिक्नु भएको छ छैन त्याहाँ गएर के काम गर्ने विषयमा मेनपावरसंग कुरा भएको छ , सिप सिकेको छैनभने सिप सिकेर जानुस जस्ता विषयमा सल्लाह र सुझाव दिने गरेको पाइएको छ ।
परियोजनाले गोरखामा कुल २ हजार ८ सय ७६ समस्या÷मुद्दा सहजीकरण गरि १९ सय ६० समाधान पश्चात् ऐजेन्ट तथा मेनपावर कम्पनीले वैदेशिक रोजगारमा जाने कामदारवाट ६१ करोड ७१ लाख १३ हजार ८ सय ७१ रुपैया असुल उपरगरि पिडित पंक्षलाई वुझाएको छ ।

त्यस्तै परियोजनाले वैदेशिक रोजगारमा जाने चाहाने ९ हजार ६४ जनालाई सुरक्षित रोजगारकालागी परार्मस दिएको छ । त्यसमध्ये ५ हजार ४ सय ९९ जना पुरुष र ३ हजार ३ सय २७ महिला रहेका छन । परियोजनाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै गोरखा नगरपालिकाबाट १६ सय ९५ जनाले परामर्श सेवा लिएको छ । दोस्रो पालुङ्गटार नगरपालिकाबाट १४ सय २४ जनाले परामर्श सेवा लिएको छ। त्यसैगरी तेस्रो शहिद लखन गाउँपालिकाबाट १ हजार ९४ जनाले परामर्श सेवा लिएको छ ।
त्यस्तै कार्यालयमा चालु आर्थिक वर्ष ८०/८१ को ८ महिनामा ६ सय ९५ उजुरी दर्ता भएका छन । त्यसमध्ये २ सय १३ समाधान भएको र चालु आर्थिक वर्ष ७९/८० मा भने ८ सय ११ उजुरी मध्य ३६६ समाधान भएको आप्रवासी श्रोतकेन्द्र परियोजनाले जनाएको छ ।
जिल्ला प्रसाशन कार्यालय गोरखामा मलेसिया, साउदी, कुवेत, कतारलगायत अन्य देश जान पासपोर्ट वनाउन आउने ७० जनाभन्दा वढिले दैनिक सेवा लिने गरेका छन् ।
एजेन्ट तथा मेनपावर कम्पनीहरुले रकम लिएर वैदेशिक रोजगारमा नपठाउने, पठाएपनि विदेशमा लगेर अलपत्र पार्ने , भोकभोकै राख्ने साथै मेनपावर कम्पनीले भने जस्तो काम नदिने गरेको उजुरी धेरै आउने गरेको अर्का परामर्स कर्ता कौशिना मियाँले बताइन् ।
यसरी आएका उजुरी उपर जिल्ला प्रसाशन कार्यालयको समन्वयमा पिडित तथा पिडितका परिवार र मेनपावर एजेन्टलाई राखेर छलफल गर्ने मेनपावरसंग रकम फिर्ता गराउन पहलगर्ने त्यसवाट पनि समस्या समाधान नभए सवै कागजपत्र राखेर त्यस्ता उजुरी वैदेशिक रोजगार विभागमा पठाउने गरेको परार्मसकर्ता मियाँले वताइन् ।
खाडी मुलुकजाँदा सरकारले तोके अनुसार ९ देखि १० हजार रुपैया लाग्ने भएपनि अज्ञान्ताका कारण कामदारहरुवाट मेनपावर कम्पनीले एक लाखदेखि अढाईलाख सम्म रकम लिने गरेको कार्यालयले जनाएको छ ।
नेपाल सरकारको वैदेशिक रोजगार विभागको वेवसाइढ www.dofe.gov.np मा गई कुन देश जाँदा कति पैसा लाग्छ कतिपय देश जाँदा कामदारहरुको रकम समेत नलाग्ने भन्ने विषयमा सवै कुरा उल्लेख गरिएको हुन्छ । तर विदेश जाने युवा युवतीहरुलाई यी सवै कुराको जानकारी नहुँदा मेनपावरहरुले सरकारले तोकेको रकममा पठाउन नसक्ने भन्दै कागजी प्रक्रिया पुरा नगरि कामदारसंग हाथोहाथ वढि रकम लिने गरेकाले पनि वढि रकम लिने त्यस्ता मेनपावर कम्पनीलाई कारवाही गर्न प्रमाण समेत नजुटने गरेकाले त्यसतर्फ सरकारले ध्यान दिनु आवश्यक रहेको परामर्शकर्ताको भनाई छ ।,
