स्वास्थ्य

के तपाईलाई थाहा छ खुट्टा छुनुका यी वैज्ञानिक कारणहरु ?

प्राय: हामी आफूभन्दा ठूलो व्यक्तिको गोडा ढोग्छौँ । खुट्टा छुनु एक परम्परा मात्र होइन, आफैमा एक विज्ञान हो ।

यस विज्ञानमा भौतिकशास्त्र, रसायनशास्त्र र जीवविज्ञान पर्दछ । आज हामी त्यसका बारेमा चर्चा गर्न गर्न गइरहेका छौँ । आउँनुहोस् जानौँ खुट्टा छुनुका वैज्ञानिक कारणहरु…

खुट्टा छोए ऊर्जाको एक चक्र पूरा

खुट्टा छुनका लागि हामी अगाडि झुकेर दाहिने हातले बायाँ खुट्टा र देब्रे हातले दायाँ खुट्टा छुन्छौं । यस प्रक्रियामा हामी एक ऊर्जा चक्र पूरा गर्छौं । विज्ञानका अनुसार ऊर्जा हाम्रो शरीरमा टाउकोबाट प्रवेश गर्छ, त्यसपछि खुट्टातिर बग्छ ।

शक्तिको केन्द्र खुट्टा

विज्ञानमा टाउकोलाई उत्तरी ध्रुव र खुट्टालाई दक्षिणी ध्रुव मानिन्छ । जब हामीले आफ्नो हातले ज्येष्ठ नागरिकको खुट्टा छुन्छौं, विद्युत चुम्बकीय ऊर्जाको चक्र पूरा हुन्छ । गुरुत्वाकर्षणको नियमको आधारमा, ऊर्जाको केन्द्र शरीरको दक्षिणी ध्रुवमा हुन्छ ।

खुट्टा छुँदा शरीरमा सकारात्मक उर्जा प्रवाह

खुट्टा छोएर हामीले त्यो अथाह ऊर्जा भण्डारबाट नयाँ ऊर्जा प्राप्त गर्छौं । त्यसैले मातापिता, गुरु र आदरणीय व्यक्तिहरूको गोडा छुन सल्लाह दिइन्छ, जसले गर्दा हाम्रो शरीरमा सकारात्मक ऊर्जाको प्रवाह हुन्छ ।

खुट्टा छुनुको मनोवैज्ञानिक फाइदा

खुट्टा छुँदा मनोवैज्ञानिक लाभ पनि हुन्छ । खुट्टा छोएर हामी अरूलाई सम्मान गर्छौं । त्यसले हामीलाई नम्रताको भाव दिन्छ । हामीले जसको खुट्टा छुन्छौं, उसले आशीर्वाद दिन हाम्रो टाउकोमा हात राख्छ । सो स्पर्शले हामीलाई सुरक्षाको अनुभुति हुन्छ ।

सकारात्मकताले दीर्घायु बढाउँछ

धार्मिक आचरणका आधारमा ज्येष्ठ नागरिकको खुट्टा छुँदा हरेक दिन उनीहरुबाट सकारात्मक उर्जा प्राप्त हुन्छ, जसलाई उमेर वृद्धिको कारक मानिन्छ ।

खुट्टा छुँदा शरीरमा रगतको प्रवाह बढ्छ

खुट्टा छुन झुक्नु, बस्दा वा निहुर्दा खुट्टा छुनु आफैंमा एउटा व्यायाम हो । यसो गर्नाले शरीर सक्रिय हुन्छ, शरीरमा रक्तसञ्चार बढ्छ ।

त्यसैले खुट्टा छुनुलाई धार्मिक अभ्याससँग जोडिएको हो । हाम्रो शरीर मस्तिष्कद्धारा नै नियन्त्रित हुन्छ । अगाडि झुक्दा मस्तिष्कको नसामा रक्तसञ्चार बढ्छ र हामी ताजा महसुस गर्छौं । यी कारणले गर्दा खुट्टा छुनुलाई धर्म र आचरणसँग जोडिएको हो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

पालुङटारका ४ हजार ५८२ सामुदायिक विद्यालयका विद्यार्थीको दुर्घटना बिमा

गोरखा । पालुङटार नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ४ हजार ५८२ जना विद्यार्थीको सामूहिक दुर्घटना…

57 years ago

गोरखामा ट्रामाडोलसहित दुई जना पक्राउ

गोरखा प्रहरीले ट्रामाडोल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बिहीबार…

57 years ago

डिभिजन वन कार्यालय गोरखाको चेतावनी: ७ दिनभित्र अवैध संरचना हटाउनू

गोरखा,असार २४ । गोरखा नगरपालिका–११ को १२ किलो क्षेत्रमा रहेको ओख्ले पाखा सामुदायिक वन क्षेत्रभित्र निर्माण…

57 years ago

२०७४ सालदेखि निरन्तर पूर्णखोप सुनिश्चितता कायम गर्दै आएको गोरखा पुनः घोषणा

गोरखा, असार २२ । गोरखा जिल्लालाई पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।…

57 years ago

डोल्पामा बोलेरो दुर्घटना : एकको मृत्यु, १३ घाइते

२१ असार २०८३ । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको…

57 years ago

हिंस्रक ध्रुवे फेरि बस्तीमा, आमाछोरासहित २५ जनाको ज्यान लियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जंगली भाले हात्ती ‘ध्रुवे’को आक्रमणमा भरतपुर महानगरपालिका–२३ की २१…

57 years ago