फोर्ब्सको सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल खेलाडीको सूचीमा किलियान एम्बाप्पे शीर्ष स्थानमा पुगेका छन् । पछिल्ला ९ वर्षमा लियोनेल मेस्सी या क्रिस्टियानो रोनाल्डोबाहेक यो सूचीको शीर्ष स्थानमा अन्य कुनै खेलाडी पुगेको यो पहिलो अवसर हो । दुई खेलाडीबाहेक पछिल्लो पटक शीर्ष स्थानमा इंग्ल्याण्डका पूर्व कप्तान डेभिड बेकह्याम रहेका थिए ।
फोर्ब्सका अनुसार पेरिस सेन्ट जर्मेनका २३ वर्षीय फरवार्डले यो सिजन १२.८ करोड डलर आम्दानी गर्ने अपेक्षा गरिएको छ । गत मे महिनामा एम्बाप्पेले पीएसजीसँग ३ वर्षको आकर्षक करार गरेका थिए । विश्वकप विजेता खेलाडीले क्लबसँग ११ वटा उपाधि जितेका छन् । जसमा चारवटा लिग उपाधि रहेका छन् ।
यस्तो छ सूचीः
१. किलियान एम्बाप्पे (१२.८ करोड डलर)
२. लियोनेल मेस्सी (१२ करोड डलर)
३. क्रिस्टियानो रोनाल्डो (१० करोड डलर)
४. नेयमार (८.७ करोड डलर)
५. मोहमद शालाह (५.३ करोड डलर)
६. अर्लिङ हालान्ड (३.९ करोड डलर)
७. रोबर्ट लेवान्डोस्की (३.५ करोड डलर)
८. एडिन हाजार्ड (३.१ करोड डलर)
९. आन्द्रेस इनिएस्टा (३ करोड डलर)
१०. केभिन डि ब्रुयना (२.९ करोड डलर)
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…