माघमा १ खर्ब ४ अर्ब रेमिटेन्स, ७ महिनामा ६ खर्ब ८९ अर्ब, पोहोर भन्दा २७.१% बढी

आर्थिक

माघमा एक खर्ब ४ अर्ब ८० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ।

राष्ट्र बैंकले आइतबार चालु आवको ७ महिनामा कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको जनाएको हो। राष्ट्र बैंकका अनुसार पोहोरको तुलनामा यो २७.१ प्रतिशतले बढी हो । पुससम्म ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको थियो।

पछिल्लो सात महिनामा कुल ५ अर्ब ३० करोड रुपैयाँ बराबरको अमेरिकी डलर रेमिटेन्सको रुपमा आएको छ। अघिल्लो महिनासम्म साढे ४ अर्ब रुपैयाँ थियो।

वैदेशिक रोजगारीमा जानेको संख्या पनि ह्वात्तै बढेकोले त्यसको सकारात्मक प्रभाव रेमिटेन्समा परेको हो। माघमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *