Categories: राजनीति

MCC को नाटक पछी Spp को अर्को नाटक

रोशन रेग्मी : हिजो आज नेपालको राजनैतिक रङमन्चमा बिचित्रको कलाविहिन राजनैतिक नाटकको भद्धा प्रहर्सन हुदैछ।नेपालीले केही महिनाअगाडि हेरेको MCC को नाटकको पर्दा के , बन्द भएको थियो । Spp को अर्को नाटकको मन्चन पुनः शुरु हुँदैछ। पात्र उनै हुन नाटकको उद्धेश्य  एउटै हो निर्देशक उहीँ हुन , केवल अभिनय मात्र फरक । अमेरिकी सैनिक प्रमुख नेपाल आउनासाथ Spp सतहमाआउन्थाल्यो र जताततै छता-छुल्ल हुन थाल्यो।हुँदा हुँदा नेपाली सेनाले वक्तव्य जारी गर्नु पर्ने अवस्था समेत आयो। नेपाली सेनाले  मुलुकको सुरक्षा जस्तो सम्बेदनशील बिषयमा झट्ट पट्ट प्रतिकृया दिदैन र दिनु पनि हुदैन।अमेरिकी दुतावासले Spp अमेरिकाको चाहना नभएर नेपालको चाहनालाई स्विकार गरेको मात्र हो भन्यो। सेनाले नेपाली सेनाको तर्फवाट कुनै  सम्झौता केही भएको छैन भनी वक्तव्य निकाल्यो । उता  27 oct 2015 मा नेपाली सेनाको तर्फवाट तत्कालिन प्रधान सेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर भएको Spp को वारेमा अमेरिकी राजदुतावास समेतलाइ लेखिकोएको पत्र सामाजिक सन्जालमा भाइरल बन्दै थियो । सांसदमा पानी माथिको ओभानो बन्न एक अर्कालाइ हिलो छ्यप्न सांसद तछाड -मछाड गर्न थाले । एक जन सांसदले भनेछ्न , यो के.पि. वलिको पालामा भएको हो । हामीलाई Spp स्विकार्य छैन भनी आफू एक नम्बरी राष्ट्रवादी भएको हुङ्कार गरे भने अर्का प्रभावशाली सांसद पनि के कम उनले पनि तुरुन्त प्रतिकार गरिहाले , कि SPP त्यस्बेला के पि ओलि प्रधानमन्त्री होइन बरु सुशील कोइराला प्रधानमन्त्री थिए। हामी प्रती झुट्ठा आरोप लगाइयो  निन्दनिय छ ,खेदजनक छ ,भत्सर्णा गरिन्छ भने । यो सुन्दा हामी नेपालीलाइ पनि वास्तबिकता के रहेछ ? भनेर वुझ्न चाँख लागेर यसो यताउती बुझ्दा Serach गर्दा यस्तो पो देखियो ।
क ) सुशील कोइराला प्रधान मन्त्री भएको अबधि  2070 साल माघ 28 देखि 2072 साल असोज २३ सम्म हो  र
ख ) के.पि.ओलि प्रधानमन्त्री भएको अबधि 2072 साल असोज २४ देखि 2073 साल श्रावण 19 सम्म हो ।
नेपाली  सेनाले अमेरिकी राजदुतावासमा 27 oct 2015 अर्थात् २०७२ कार्तिक १० मा पत्र लेखेको तथ्य प्रमाणले देखायो ।
हामी नेपाली जनतालाई अझै उल्लु र बेकुफ बनाउन अब  केही दिन पुनः सांसद बहिस्कार होला , भिषण भाषणको फोहरा, बर्सेन्छ होला , हो-हल्लाआदि जस्ता कार्य होलान् वा
  फेरि अर्को नाटकको प्रदर्सन होला , केही दिन सम्म र त्यसपछी सवै नाटकको पटाक्षेप हुनेछ MCCजस्तै ।
 हामी नेपाली जनताको बिनम्र अनुरोध छ । नेपाली जनता अशिक्षित र गरिव होलान् तिनीहरुको भ्रमपुर्ण जाली कपटपूर्ण कुराहरु ठिक बेठीक छुट्याएर कुरा नबुझ्लान
तर  कमसेकम विदेशी मित्रहरुले समेत लाँजले मुख छोप्नु पर्ने गरि उनीहरुका अगाडि यसरि नाङेझार भएर नङगानाँच नदेखाउनोस नेताजीहरु बरु Spp भनेको के हो ? यस्मा सहभागी हुन मिल्छ मिल्दैन ? फाइदा र बेफाइदा का वारेमा छ्लफल बहस चलाउनोस ठिक लागे स्विकार गर्ने नलागे नगर्ने  तर माथी भने झै  यसरी  नाङगेझार भएर  हाम्रा हितैषी मित्रहरुले समेत लाज छोप्नु पर्ने गरि नङगानाच नदेखाउन , हामी नेपाली जनता अनुरोध गर्दछौं ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago