अपराध

बलात्कारको आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि : क्रिकेटर सन्दीपले सफाइ पाउने सम्भावना बलियो

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र प्राप्त भएको लामिछानेका वकिलले बताएका छन् । लामिछानेका एक वकिलका अनुसार आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र जिल्ला अदालत काठमाडौँमा पठाइएको छ ।

आफ्नो नाम नराख्ने शर्तमा लामिछानेको मुद्दाको नेतृत्व गरिरहेका अधिवक्ताका अनुसार करिब १५ दिन अगाडि नै काठमाडौँ जिल्ला अदालतमा स्थानीय तहको पत्र प्राप्त भएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले किशोरीको स्थायी ठेगाना रहेको नुवाकोटको स्थानीय तहलाई किशोरीको जन्मदर्ता लगायतका कागजातको सक्कल प्रति र ढड्डा नै पठाउन आदेश दिएको थियो । अदालतको आदेशपछि उक्त गाउँपालिकाले नाबालिकाको उमेर खुल्ने जन्मदर्ताको ढड्डा लगायतका कागज काठमाडौँ जिल्ला अदालतमा पठाएको हो । प्राप्त पत्रमा किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको छ ।

सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिने किशोरीको उमेर १८ वर्ष पुगिसकेको प्रमाणित भएमा उक्त मुद्दामा व्यापक परिवर्तन हुन सक्नेछ । किशोरी होटलको कोठामा जाँदा हाँसीखुसी गएको र रिसेप्सनबाट आफैँले साँचो लिएर गएको कारण त्यहाँ जबरजस्तीको चिन्ह नदेखिएको सन्दीप पक्षका वकिलहरूले जिकिर गरेका थिए । यदि किशोरीको उमेर १८ वर्ष पुगेको प्रमाणित भएको अवस्थामा भने सन्दीपले सफाइ पाउने सम्भावना समेत बलियो बन्नेछ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago

८ महिनामै बनेको लुदी खोला मोटरेबल पुल उद्घाटन, मनकामना यात्रामा सहजता

गोरखा। गोरखाको स्याउली बजार–भट्टफाँट–मनकामना सडक अन्तर्गत निर्माण सम्पन्न भएको लुदी खोला मोटरेबल पुल उद्घाटन गरिएको…

57 years ago

गोरखामा वृद्ध महिलाको गरगहना लुट्ने आरोपमा बुहारी पक्राउ

गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–४ ताक्लुङ, बाँझोगरामा ८५ वर्षीया दिलमाया रानाको गरगहना लुटिएको घटनामा प्रहरीले…

57 years ago

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती वैधानिक बनाउने विधेयक गण्डकी प्रदेशसभाबाट पारित

पोखरा । गण्डकी प्रदेशसभाले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्ने…

57 years ago