ईअस्त्र । सामाजिक सञ्जालमा यतिबेला दुई बालक वैदेशिक राजेगारीको सिलसिलामा विदेश जान लागेको भन्दै फोटो भाइरल बनेको छ।
यति सानै उमेरमा उनीहरु कसरी किन विदेश जान लागेका होलान भन्दै धेरैलाई जिज्ञासा उत्पन्न भएको छ।
फोटोमा देखएिका उनीहरु रुकुम पश्चिमका टेकराज विक र शिवलाल ओली रहेको पाइएको छ।
उनीहरु मलेसिया जाँदैगर्दा काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फोटो खिचिएको हो।
गरिबीको चपेटाबाट माथि उठ्न र परिवार पाल्नकै लागि उनीहरु विदेश गएको बताइएको छ। उनीहरूको कलिलो अनुहारले १८ वर्ष पूरा पनि भएका देखिँदैन।
स्थानीयकाअनुसार उनीहरूले भर्खरै १६ वर्ष टेके। तर विदेश जानकै लागि उमेर बढाएर नागरिकता लिएका थिए।
बुधबार मलेसिया उडेका उनीहरुले भोलिपल्ट बिहीबारैबाट काम थालेका छन्। एक पोल्टीफर्ममा काम गरिरहेको टेकराजका दाइ नाता पर्ने विजय तिरुवाले बताए। उनीहरू कुखुराको हेरचाह गर्ने, खाना खुवाउने काम गरिरहेका छन्।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…