Categories: समाचार

गोरखा राज्य विस्तारका क्रममा शाहले प्रयोग गरेको पैदलमार्गमा सेनाको पदयात्रा सुरु

गोरखा । ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धन सँगै इतिहासको जर्गेना गर्ने उद्देश्यले नेपाली सेनाले गोरखा-काठमाडौँ पदयात्रा सुरु गरेको छ। बिहिबार बिहान गोरखा दरबबारदेखि सुरु भएको पद यात्रामा नेपाली सेनाको टोली सहभागी छ।

नेपाली सेनाको रिपुमर्दन गणको आयोजना, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा एकीकरण पदयात्रा सुरु भएको हो ।

गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको हो । गोरखा दरबारस्थित हनुमानभञ्ज्याङबाट बिहीबार सुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौं हनुमानढोकामा पुगेर टुंगिने नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेम विष्टले जानकारी दिनु भयो ।

२६ गते काठमाडौं खण्डको यात्रापछि हस्तान्तरण भएको टर्च र नेपालको राष्ट्रिय झण्डासहित हनुमानढोकाको शार्दुल जंग गुल्म पृथ्वीजयन्ती दिवस कार्यक्रममा सरिक हुने छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago