आर्थिक

फागुन मसान्तभित्र मोटरसाइकलको कर बुझाए पाँच वर्षसम्मको जरिवाना छुट

काठमाडौं–यातायात व्यवस्था कार्यालयले बागमती प्रदेश भित्र कर नबुझाएका मोटरसाइकलको हकमा आगामी फागुन मसान्तभित्र कर बुझाएमा पाँच वर्षसम्मको जरिवाना छुट गर्ने भएको छ।

बिहीबार एक सूचना जारी गर्दै कार्यालयले बागमती प्रदेशको आर्थिक ऐन २०६९ को दफा १८ ले आर्थित वर्ष २०७०/०७१ देखि २०७५/०७६सम्म तोकिएको कर तथा नवीकरणसमेत नगरेका सवारी धनीले फागुन मसान्तसम्म कर बुझाएमा सो अवधिको जरिवाना छुट हुने जानकारी दिएको छ।

उक्त अवसरको लाभ लिएर सवारी साधनको कर जरिवाना तथा नवीकरण दस्तुरहरु तोकिएको समयमै भुक्तानी गर्न कार्यालयले अनुरोध गरेको छ।

यस्तै ट्राफिक कारबाहीमा परेका सवारी साधनहरु पनि चालू आवसम्मको कर नवीकरण गरी विधिवत लगतकट्टा गर्न पनि अनुरोध गरिएको छ।                                          

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

दरौदी नदीमा बेपत्ता भएका शम्शेर नेपाली मृत फेला

गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…

57 years ago

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…

57 years ago

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago