आर्थिक

दुर्गा प्रसाईंद्धारा अनिश्चितकालीन नेपाल बन्दको घोषणा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनको नेतृत्व गरिरहेका व्यवसायी दुर्गा प्रसाईंले नेपाल बन्दको घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेका प्रसाईंले चैत्र २४ गतेदेखि नेपाल बन्द गर्नेसमेत घोषणा गरेका हुन् ।

प्रसाईंले पत्रकार सम्मेलनबाटै प्रत्येक शनिबार दिउँसो १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्बासीहरु र फुटपाथमा व्यापार गर्नेहरुलाई जम्मा गरी माइतीघर मण्डलाबाट जुलुससहित बानेश्वरमा कोण सभा गर्ने घोषणा गरेका छन् ।

त्यस्तै, उनले आन्दोलनको थप कार्यक्रम अन्तर्गत चैत्र १ गतेदेखि १९ गतेसम्म हेटौँडा, पोखरा, जनकपुर, वीरगञ्ज, दार्चुला, बैतडी, महेन्द्रनगर, धरान, विराटनगर, इटहरी र दमकमा वृहत आमसभा गर्ने घोषणा गरेका छन् । योसँगै चैत्र २४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने, कर नतिर्ने, मालपोतमा जग्गा पास नगर्ने, राँके जुलुस गर्ने लगायतका कार्यक्रम गर्ने प्रसाईंले बताएका छन् ।

प्रसाईंले पत्रकार सम्मेलनमार्फत चैत्र १ गतेदेखि राष्ट्रव्यापी रुपमा महाअभियानको गठन गर्ने लगायतका बिरोध कार्यक्रमको घोषणासमेत गरेका छन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago