गोरखा । सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द तीन उद्योग सञ्चालनमा ल्याउने भएको छ ।
पुन: सञ्चालनको सम्भावना रहेका हेटौडा कपडा उद्योग, गोरखकाली रवर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याइने भएको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गर्दै नीजि क्षेत्रको सहकार्यमा औधोगिक ग्राम सञ्चालन गरिने राष्ट्रपति रामचन्द्र पौडेलले घोषणा गरेका छन् ।
सरकारले आफ्नो नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरु सञ्चालन, खारेजी र एकीकरण वा आवस्यक व्यवस्थापनको विषयमा एक उच्चस्तरीय अध्ययन समिति गठन गर्दै बन्द तीन उद्योग सञ्चालन गर्ने घोषणा गरेको हो ।
घोषणा भएको नीति तथा कार्यक्रम २०८०: