शिक्षा

तारा फल (Star fruit – Averrhoa carambola) औषधिय गुणले भरिपुर्ण

औषधिय गुणले भरिपुर्ण भएता पनि ब्यवसाहिक रूपमा खेती हुन नसकेको फल मध्य तारा फल पनि एक हो। इन्डोनेसिया , मलेसिया र दक्षिणी चीनको मुल फल मानिए तापनि अहिले यसको खेती अन्य देशहरुमा पनि फस्टाउदै गैरहेको छ ।

फलको आकारको कारणले नै यसको नाम राखिएको छ । यसको फल अण्डाकार र छेउछाउमा पाँच देखि छवटा किनारहरू हुन्छन र तेर्सो रूपमा काट्दा, यसले पाँच-बिन्दु ताराको आकार बनाउँने भएकाले यसलाई तारा फल भनिन्छ । तर फलको आकारले नै यसको नाम ठाउ अनुसार फरक फरक भएको पनि पाइन्छ। हरियो फलमा oxalic acid पाइने भएकाले यसको स्वाद अमिलो हुन्छ भने पाक्दै जादा फल पहिलो सुन्तला रंगमा परिवर्तन भएर गुलियो , अङ्गुर ,स्याउ र सुन्तला स्वादको संयोजन भएजस्तै हुन्छ। यसको खेतीको लागि न्यानो हावापानी भएको क्षेत्र उपयुक्त मानिन्छ ।

तारा फल (Star fruit) का फाइदाहरु :

१. यसमा लगभग 90% पानी हुने भएकाले स्वस्थ्यको लागि आतिनै लाभदायक मानिन्छ,

२. मीठो फल ताजा खान तथा जुस बनाउन प्रयोग गरिन्छ भने अमिलो फल अचार बनाउन वा इमली को विकल्प मा प्रयोग गर्न सकिन्छ

३. यसको पात बाट निकालिएको रस ले रोग किरा नियन्त्रण गर्नमा मद्दत गर्दछ,

४. तारा फल भिटामिन ए , भिटामिन सी र बी कम्प्लेक्सको राम्रो स्रोत हो ,

५. तारा फल फाइबरको एक राम्रो स्रोत हो ,

६. तारा फल एन्टिअक्सिडेन्टको स्रोत हो ,

७. तारा फलले ह्याङ्गओभर र काँटेदार गर्मी निको पार्न मद्दत गर्दछ ,

८. तारा फलले कोलेस्ट्रोल स्तर कम गर्न मद्दत गर्न गर्द्छ ,

९. तारा फलको पात र जराले चिकनपक्स ,

१०. दाद र टाउको दुखाइ निको पार्न मद्दत गर्दछ ,

११. तारा फलले दूधको प्रवाहलाई बढाउनमा मद्त गर्द्छ,

१२. तारा फलले पाचन प्रणाली बढाउँछ,

१३. छालाको स्वास्थ्य सुधार गर्छ,

१४. घाउ निको पार्न मद्दत गर्दछ,

१५. तारा फलले तौल घटाउन मद्दत गर्न गर्दछ,

१६. ताराफलको प्रयोगले एनीमिया रोक्ने,

१७. दृष्टि सुधार हुने जस्ता थुप्रै फाइदाहरु छन ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago