शिक्षा

निउरो /निगुरो को सुरुहुन लाग्यो सिजन, यस्का औषधीय गुण र फाइदा

फूल नफुल्ने उन्यु प्रजातिका बिरुवाहरुको धेरै पुरानो इतिहाँस छ । यिनीहरुको अस्तित्व carboniferous period (जुन ६० मिलियन वर्ष रहेको थियो ) देखिकै हो । हाल आएर त फूल फुल्ने प्रजतिकै बोलवाला छ विश्व मा । नेपालमा ५८० प्रजातिका उन्यु र यसै संग मिल्ने प्रजाति पाइएको रिपोर्ट छ । ब्रिटिश, जापानिज, भारतीय, र नेपाली वनस्पति विज्ञ हरू को निकै पसिना बगेको छ यिनको अध्ययनमा ।


निउरो नेपाली भान्सामा औधि रुचाइने जंगली तरकरिमै पर्दछ । तराई देखि उच्च पाहाड सम्म नै धेरै प्रकारका निउरो हरू पाइन्छन । निउरोको तरकारी अचार बनाएर खाने प्रचलन छ । काली निउरो (Deparia, boriyana (Willd.), र Tectariya coadunta Wall ex J. Sm) C. Chr., कुथुर्के निउरो (Pteris biaurita L.), मसिनो निउरो/पानी निउरो (Diplanzium esculentum (Retz.) Sw.), चिप्ले निउरो (Diplazium maximum (D.Don) C. Chr.), डन्ठे निउरो जसलाई कतै डउणे कतै लाखुटो पनि भनिन्छ (Dryopteris cochleata), Tectaria gemmifera, Tectaria macrodanta C. Chr ), Pteridium aqulinum (L.) Kuhn, Diplazium spectabile (Wall. ex Mett.) Bir, साउने निउरो आदि ।


पश्चिम तराई मा थारुहरु निउरो लाई कोचिया र मिथिला क्षेत्र तिर निगुर भन्ने पनि गरिन्छ । काठमाडौँ को बजारमा चैत्र देखिने असोज कार्तिक सम्म निउरो पाइन्छ ।यो जंगली प्रांगारिक तरकारीनै हो । आज भोलि कतै कतै बजारमा छिटो छिटो आपूर्ति गर्न पाखा तिर नै रासायनिक मल राखेर उत्पादन लिएको पनि सुनिन आएको छ ।

निउरोको औषधीय गुण र फाइदा : निउरोको सेवनले धेरै फाइदा पुग्दछ । यो औषधीय गुण र पोषणयुक्त तरकारी हो । यसमा Antioxidant गुण छ । भिटामिन ए, भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, ओमेगा -३, ओमेगा -६ बिटा क्यारोटिन, खनिज पदार्थ, आदि धेरै मानव शरीरका लागि उपयोगी तत्वहरु पाइन्छन । यसको तरकारी सेवनले क्यान्सरका बिरामी, भाइरल खोकी र चिसो लाग्दा , फोक्सोका बिरामी लाई निकै फाइदा पुग्दछ ।

काली निउरोको जरा थिचेर रगत्मासी, कब्जियेत, रक्त निर्माणका लागि, अनिमियत महिनावारी, पेटमा जुका पर्दा, जन्डिस, घाटी दुख्दा, प्रयोग गरिन्छ ।

तर ख्याल गर्नु पर्ने कुरा सबै उन्यु प्रजाति सेवन गर्नु हुदैन । केहि त अत्यन्त विषालु पनि हुन्छन । परापूर्व देखि खादै आएका चिनिएका नै खानु पर्दछ ।

जैविक विविधता लाई वातारणीय सन्तुलन, खाद्य सुरक्षा, रोजगारीको सिर्जना, आम्दानीको श्रोत आदिका रुप मा लिनसकिन्छ। तर एउटा चिन्ता र चासो को बिषय यिनी हरू पनि मासिदै छन्। कारण हरुमा भूक्षय, बन फडानी, वन डढेलो, अनावस्यक सडक निर्माण, पशु चौपएको अधिक चरण, विस्व्व्यापी वातारणीय परिवर्तन, बढ्दो प्रदुषण, बढ्दो मानवीय चाप (सम्रक्षण मा ध्यान नदिई संकलन मात्र गर्ने प्रवृती), पिराहा (वनमारा) प्रजातिका वनस्पतिको अतिक्रमण आदि छन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago