ईअस्त्र न्युज
माघ १२ । ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले प्रख्यात गोरखा दरबारको अबस्था जथाभावि फोहोरले गर्दा हराउँदै गएको छ । गोरखा दरबार परिसर भित्र हेर्ने हो भने जताततै फोहोर फ्यालिएको देख्न सकिन्छ । गोरखा दरबार बाट गोरखाको आर्थिक क्षेत्रमा पनि ठुलो भुमिका खेल्दै आएको छ । गोरखा जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक बर्षनी हजारौमा आउने गर्दछ । गोरखा दरबार गोरखा तथा नेपालको लागि धेरै नै महत्वपुर्ण छ कीनकी गोरखा दरबारले नेपालको एक महत्वपुर्ण इतिहासलाई दर्शाउछ । गोरखा दरबारको अस्तित्वले गोरखा जिल्ला तथा नेपालको नै महत्व बढाउँदा पनि गोरखा दरबारको संरक्षण नहुँदा गोरखाको अस्तित्वमा पनि कमजोरी देखिदै आएको छ ।

गोरखा दरबारको संरक्षण तथा पर्वदनका निमित्त गोरखा दरबार क्षेत्र भित्र नेपाल सरकार बाट संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयको मातहतमा गोरखा दरबार हेरचाह अड्डा राखिएको छ । जसमा कुल ३६ जना कर्मचारीहरु ले काम गर्दछन । स्रोतका अनुसार अड्डा प्रमुख १ जना, उपप्रमुख १ जना, प्रावधिक १ जना, पाले १ जना, पुजारी ४ जना, सरसफाईमा २ जना, बन क्षेत्र हेर्ने १ जना, लिप्ने काम गर्ने २ जना, घाँस काट्ने १ जना र घोडा हेरचाहका लागि १ जना रहेको छ तर २१ जनाको काम भने अहिले सम्म देख्न नसकिएको जनाएको छ । स्थानियहरुका अनुसार काम गर्न भनि राखिएको कर्मचारीहरु हाजिरी गरेर अन्यन्त्र काम गर्न जाने अथवा घर फर्कने गरेको तर सम्बन्धित निकायले यसमा कुनै पनि काम कारबाहीमा चासो नदिएको स्थानियहरुको गुनासो समेत रहेको छ । गोरखा दरबार परिसर भित्र पर्यटक आवात जावात गर्दा फोहोर हुन्छ तर कर्मचारी हुँदा हुँदै पनि सरसफाई भने गरिएको छैन । राखिएको कर्मचारीले काम नगर्दा र सम्बन्धित निकायले ध्यान नदिँदा सवाल भने स्थानियहरुलाई उब्जीएको छ ।
कर्मचारीहरुको कामहरु हेर्नका लागि कुनै पनि अनुगमन नहुँदा गोरखा दरबारका अबस्था देख्न सकिन्छ । गोरखा दरबार घुम्न जाने हो भने दरबार परिसर भित्र जथाभावि फोहोर फ्यालिएको अबस्थामा देख्न सकिन्छ । बर्तमान अबस्थामा हेर्नेहो भने गोरखा दरबार घुम्नका निमित्त आन्तरिक पर्यटक नै धेरै इच्छुक देखिदैन बाह्यको अबस्था झन धेरै नै नाजुक रहेको छ । पहिलेको पर्यटकहरुको संख्यालाई हेर्ने र अहिलेको संख्यालाई हेर्ने हो भने गोरखा दरबारको महत्व नेपालमा घट्दै गएको छ । यसको जिम्मेबार कतै न कतै गोरखा दरबारमा कार्यरत कर्मचारीहरुलाई पनि जान्छ । सरकारी तलब लिगेर सरकारी कामको अपहेलना गरिएको छ । जे गर्दा नी हुन्छ, जसो गर्दा नी हुन्छ तलब आई हाल्छ भन्ने महसुस कर्मचारीहरुलाई परेको गोरखा दरबार परिसर भित्र रहेको जथाभावि फोहोरले जनाउँछ ।

साथै कयौ स्थानियहरुले गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसाललाई कर्मचारीहरुको बचाउँ गरेको आरोप समेत लगाउँने गरेका छन । उहाँलाई कुनै पनि कर्मचारीको अनुगमन तथा प्रतिक्रीया ुसमेत नदिएको स्थानियहरुको गुनासो रहेको छ ।
