शिक्षा

तुवालोले तत्काल देखिने गरी क्षति नपुर्याए पनि मानिसको आयु घटाउँदै

बिराज त्रिपाठी

५ वैशाख २०८० । बाक्लो तुवालोको कारण जनजिवन कष्टकर बन्न गई बाटोमा आवतजावत गर्दा आँखा पोल्ने समस्याले सताएको जनमानसको भनाइ छ ।

विगत केही दिनदेखि देशका विभिन्न भागमा एक्कासी देखिएको विषाक्त तुवालो अझै केही दिन कायम रहने भएको छ । मौसमविद्का अनुसार तुवालोको मुख्य कारण डढेलो रहेको छ । पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कर्ण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवालो देखिएको हो । तुवालो हट्नका लागि वायुको वेग बढ्नुका साथै वर्षा हुनुपर्दछ । तर केही दिन त्यस्तो अवस्था नरहेको मौसमविद्हरूको भनाइ छ ।

जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवालोको यस विषय मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । खासगरी पहिलेदेखि नै प्रदुषणको स्तर सामान्यभन्दा अधिक रहेका शहरी क्षेत्रमा तुवालोको मात्रा अत्यधिक रहेको र फलस्वरूप वायुमण्डलको पारदर्शितामा उल्लेखनीय रूपले न्यून हुन गई जनजीवन नै असामान्य हुन गएको छ । तुवालोका कारण आँखा पोल्ने र श्वासप्रश्वासका समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बँच्न आवश्यक कार्य बाहेक घर बाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन जरूरी छ ।


सरकारले असार मसान्तसम्ममा नेपालभर प्रदूषण मापन केन्द्रहरू काठमाडौंभित्र चार ठाउँमा गरेर सात ठाउँमा स्थापना हुने र त्यसले अवस्थाको पहिचान गर्न सघाउने बताएको छ । तर चिकित्सकहरूले बढ्दो प्रदूषण मानिसहरूमा दीर्घरोगको रूपमा देखिन थालेको भन्दै सरकारी ढिलासुस्तीप्रति चिन्ता व्यक्त गर्न थालेका छन् । डढेलो मात्र होइन, सवारी साधन र ईट्टा उद्योगबाट निस्कने प्रदूषणले पनि मानिसलाई नदेखिने गरी क्षति पु¥याइरहेको छ । वायु प्रदूषणले खासगरी बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा नराम्रो असर पर्ने गरेको छ ।

वायु प्रदूषण हुनुमा मूलतः मानिस नै कारक हो । डढेलो लगाउनमा व्यक्तिकै हात छ । विद्युतीय सवारी साधन सञ्चालनमा त्यति ध्यान छैन । बस्ती नजिकै ईट्टाभट्टाहरू छन् । यस्ता अनेक कारणले वायु प्रदूषण बढ्दो छ । यसलाई कम गर्न हाम्रा आनीबानीमा सुधार ल्याउनु पर्दछ । प्रत्येक व्यक्तिले वायु प्रदूषण हुन नदिने प्रण र पहल गर्नु पर्दछ । वायु प्रदूषणले तत्काल देखिने गरी क्षति नपु¥याए पनि मानिसको आयु घटाउँदै गएको छ । तसर्थ सबैले वायु प्रदूषण कम गर्न आ–आफ्नो ठाउँबाट पहल गर्न जरूरी छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago