गोरखामा मनसुनजन्य बिपतका घटनाबाट जोगिन विपतको तयारी

समाचार

बिराज त्रिपाठी


२०८१ असार २३, गोरखा । गोरखामा केही दिन देखिको भइरहेको अविरल वर्षाबाट हुने क्षति तथा नागरिकलाई जोगाउन पूर्व विपत व्यवस्थापनको तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको विपत व्यवस्थापन समितिको बैठकले मनसुनको समयमा आउन सक्ने विपतको सामना गर्न पूर्व तयारी गरेको हो।

गोरखाको सबै क्षेत्रमा केही दिन देखि भइरहेको अविरल वर्षाले  निम्त्याएको बाढीपहिराेका कारण नागरिकले ठूलो क्षति बेहोर्दै आएका छन्। विपतको बेलामा हुन सक्ने सम्भावित जोखिमबाट बच्न के कसरी सकिन्छ भन्ने विषयमा पूर्व तयारीका साथै व्यवस्थापनको बारेमा छलफल गरिएको जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए।

प्राकृतिक विपत्ती बाजा बजाएर नआउने भन्दै समयमा सकेसम्मको पूर्व तयारी गरिएकाले सबै त्यसको लागि आवश्यक पर्ने सहयोगको लागि स्थानीय तहका सरकारसँग छलफल तथा सहकार्य गरेर अघि बढ्न लागिएको प्रजिअ दाहाले बताए।

बाढी, पहिरो तथा भुक्ष्य कै कारण गोरखामा नागरिकले ज्यान नगुमाएको भएपनि भविश्यमा पर्न सक्ने विपतलाई ध्यानमा राखि अति बिपतका जोखिम भएका सम्भावित क्षेत्रहरु तथा दैविक प्रकोप लगायतको पहिचान गरि आवश्यक पर्ने ब्यबस्थापन गरिने समेत विपत व्यवस्थापन समितिले निर्णय गरेको छ।

यसैगरि जिल्ला बिपत व्यवस्थापन समितिले बिपतका घटनाबाट प्रभावित हुन सक्ने स्थानमा बसोबास गर्ने स्थानीयहरुलाई सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय, विभिन्न संघसंस्था तथा सरोकारवाला निकायहरुको समन्वय र सहकार्यमा तत्काल उद्वार तथा स्थान्तरणका कार्य गर्ने निर्णय गरेको छ । केही दिन देखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहले तत्काल जिल्ला आपतकालीन कार्य संचालन केन्द्र, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय गोरखालाई जानकारी गराउने ब्यबस्था मिलाउने र  मनसुनजन्य बिपतका घटनाहरु एकआपसमा आदन प्रदान तथा सूचना प्रवाह गर्नका लागि सरोकारवालाहरुको ग्रुप बनाइ सामाजिक संजालको प्रयोग गरि तत्काल लै खबर पाउने गरि घटनाहरु खबर गरि रहने समेत निर्णय गरिएको पनि प्रजिअ दाहालले बताए।

आइतबार विपत व्यवस्थापन पूर्व तयारी बैठकमा प्रजिअ भोला दाहालको अध्यक्षतामा स्थानीय तह, सुरक्षा निकाय, संघसंस्था, पत्रकार  तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *