शिक्षा

मधेसी बदामको नामले परिचित अलमण्ड (Almond) खेती गर्नुहोस करोडौँ कमाउनु होस् ।

१५ वैशाख २०८०
• परिचय
नेपाली समाजले अलमण्डलाई सामान्यतया मधेसी बदामको नामले चिन्दछ। मधेसी बदाम मध्यम खालको रुखमा फल्ने फल हो । मधेसी बदाम चेरी, आरु, आरुबखडा, खुर्पानीजस्ता बनस्पतिजस्तै फलजन्य बनस्पति हो। तर मधेसी बदामको चाहि गेडा मात्र उपयोग गरिन्छ बाहिरी आवरण प्रयोग गरिदैन। यसको पात करिब करिब आरुको जस्तै गाढा हरियो र हल्का लाम्चो आकार हुन्छ। यी दुबैको बंश पनि एउटै हो । यसका फूलहरू सेतोमा रातो रंग मिसिएका हुन्छन् र झुन्डिएर फुल्छन् । फलहरू भने दुई भागमा विभाजित मखमली दाना भएका र कडा खोलयुक्त हुन्छन् । यसैभित्रको गुदीलाई मधेसी बदाम भनिन्छ । यही गुदी र गुदीबाट आउने तेललाई विभिन्न औषधीय प्रयोजनका लागि प्रयोगमा ल्याइन्छ ।
• मधेसी बदामको गुण
आर्युवेदमा दिनहु २ ओटा मधेसी बदाम खानेलाई कुनै पनि आखाको समस्या नहुने जनाइएको छ तथा आखाको क्षमतालाई महत्वपूर्ण सहयोग पुर्याउछ। बदामको तेल मीठो र शीतलता प्रदान गर्ने खालको हुनुको साथै यसमा मांसपेशीहरूलाई बाउँडिनबाट बचाउने क्षमता हुन्छ । बदामलाई सिधै खानुको साथै चकलेट, केक, तेल, औषधि बनाएर पनि उपभोग गरिन्छ।
• मधेसी बदामको प्रयोग
गर्भवती अवस्थामा पोषणका रूपमाः– मधेसी बदाम अत्यन्तै पोषिलो हुने भएकाले गर्भवती महिलाहरूका लागि एकदमै उपयुक्त शक्तिको स्रोत मानिन्छ । अझ प्रभावकारी नतिजाको लागि बदामलाई दूधमा भिजाएर एकचिम्टी केसर मिलाई प्रत्येक दिन खाँदा आमा तथा बच्चा दुवैलाई भरपूर पोषण मिल्छ ।
कोलस्ट्रोल घटाउन:- तेलजन्य फल भए पनि यसले शरिरको कोलस्ट्रोल घटाउन मद्दत पुर्याउछ साथै मुटुका लागि यो अत्यन्त उपयोगी मानिन्छ।
दिमागका लागि:-दिमागलाई पोषण दिने स्रोतको रूपमा बदाम प्रख्यात छ । भिटामिन इ, विभिन्न पोषक तत्वहरू तथा अत्यावश्यक चिल्लो पदार्थहरूले युक्त यस फलमा स्मरणशक्ति र बुद्धि बढाई दिमाग तेजिलो राख्ने गुण निहित हुन्छ । दिनदिनै ४ देखि ६ दाना बदामलाई पानीमा भिजाएर यी दानाहरूको सेवन गर्दा शरीर र दिमागका लागि अत्यन्त फाइदा हुन्छ ।
शरीरको शीतलताको लागि:-पिसेको बदामलाई दूधमा पकाएर बनाएको खीरलाई शरीरमा शीतलता प्रदान गर्ने, थकान मेटाउने तथा दिमागलाई सुचारु राख्ने प्रभावकारी पदार्थ मानिन्छ ।
हेमोग्लोबिनको स्रोत:-बदाममा हुने उच्च मात्राको ताम्र तथा लौहपदार्थले रगतमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ ।
• नेपालमा मधेसी बदाम खेतीको संभावना
नेपालको भौगोलिक परिवेश मधेसी बदाम खेतीलाई अत्याधिक उपयुक्त मानिन्छ। यो खेती सामान्यतया आरु फल्ने ठाउँमा गर्न सकिन्छ । यहा 600 मिटर भन्दा माथि करिब 2600 मिटरसम्मका पाखाबारीमा समेत मधेसी बदाम खेती गर्न सकिन्छ। तराइको बाजो जमिन तथा पहाडि क्षेत्रका यस्ता प्रयोगहिन पाखाबारीहरुमा मधेसी बदाम लगाएर नेपाललाई मधेसी बदामको उधोगको रुपमा बिकास गर्न सकिन्छ। यो खेतीलाई सामुदायिक वनमा जंगली प्रविधिबाट खेती गरेर पनि आम्दानी लिन सकिन्छ।
आरु प्रजातिको यो बनस्पति सम्पूर्ण रुपमा आरुजस्तै देखिन्छ। बिश्वभरी आरु पाइने क्षेत्रमा यसको खेती गरिदै आएको छ। आरु जस्तै हलक्क बढ्ने मधेसी बदामको भारतिय कागजी र अमेरिकन एच डि वान अन्तर्गतको शालिमार भेराइटी विश्वप्रसिद्ध मानिन्छ।
मधेसी बदाम फल्न शुरु भएपछि २० बर्षसम्म निरन्तर यसले उत्पादन दिन्छ। यसको बोट १० देखि २० फुटसम्म अग्लो हुन्छ तर यसलाई कटिङ गरेर सानो बनाउन पनि सकिन्छ। अमेरिकाजस्ता देशहरुमा सामान्यतया यसलाइ फागुन चैतमा खेती गरिने भए पनि नेपालजस्ता देशहरुमा पतझड जातको बनस्पति भएको कारण जाडो महिना (पौष, माघ) सबैभन्दा उपयुक्त मानिए पनि पानिको संभावना भएको ठाउमा सबै महिनामा यसको खेती गर्न सकिन्छ भने पानीको कम संभावना भएको ठाउमा बर्षायाम उपयुक्त हुन्छ। यसको उत्पादन अगस्त सेप्टेम्बरमा लिने गरिन्छ र बजारमा लैजाने काम अक्टोबर नोबेम्बरपछि गरिन्छ। फलजन्य बालीभए पनि मधेसी बदाम ड्राइ फल भएकोले बिग्रने डर हुदैन आफूलाई अनुकुल समयमा बजारमा लैजान सकिन्छ।
• खेती प्रविधि
मधेसी बदाम खेती गर्मी महिनामा ३५ डिग्रीसम्म तातो हुने ठाउमा गर्न सकिन्छ। त्यस्तै बिशेष गरि यो बालीको लागि खुकुलो माटो राम्रो मानिएता पनि पहाडि क्षेत्रका प्राय सबै माटोमा यो खेती गर्न सकिन्छ। पानीको लागि सिचाई सुविधा नभएपनि सरदर ८०० मिलि पानी पर्ने स्थानमा यसको खेती गर्न सकिन्छ। यसलाइ जैविक तथा गाईवस्तुको मलका साथै रासायनिक मलको प्रविधिवाट पनि खेती गर्न सकिन्छ। यो पहाडि इलाकाको घाम लाग्ने पारिलो पाखामा राम्रो खेती भएता पनि ६ घण्टा सम्म घाम लाग्ने सबै पहाडि इलाकामा यसको खेती गर्न सकिन्छ। पानी नलाग्ने पाखाहरु वा बर्षे पानीको भर पर्नु पर्ने टारहरुमा पनि मधेसी बदामको खेती गर्न सकिन्छ।
• बजार क्षेत्र
बिश्वमै अत्यन्त महगो मानिने मधेसी बदामको बजार विश्व भरिनै निकै नै राम्रो मानिनुका साथै यसको खेती बाट अत्यन्त ठूलो आम्दानी लिन सकिन्छ। नेपालले प्रत्येक बर्ष रु. ५० करोडभन्दा बढिको मधेसी बदाम खरिद गर्ने गर्दछ। यस आधारमा स्वदेशमा पनि मधेसी बदामको बजार अधिराज्यभरि नै राम्रो भरपर्दो देखिन्छ। साथै अन्तराष्ट्रिय अर्गानिक प्रमाणित गर्ने संस्थाबाट अर्गानिक प्रमाणित गराएपछि अन्तराष्ट्रिय बजारमा पनि राम्रो पकड रहनेछ। बिशेषगरेर पहाडि क्षेत्र नभएका धेरै देशहरुमा मधेसी बदामको ब्याबसायिक निकासीको संभावना ब्यापक छ।
(नेपाली बजार मा यसको मुल्य प्रती केजी १२०० को हाराहारिमा रहेको पाईन्छ ! )
• लगाउने विधि
-२ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
-हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
-स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने
eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

दरौदी नदीमा बेपत्ता भएका शम्शेर नेपाली मृत फेला

गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…

57 years ago

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…

57 years ago

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago