मुक्तिनाथ (मुक्तिको भगवान) : मनले चिताएको पुग्ने विश्वास

शिक्षा

मुक्तिनाथ मन्दिर गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङ मा पर्दछ । यस जिल्लाको सदरमुकाम जोमसोम हो । समुन्द्र सतहदेखि २०१० मीरटरर उचाईमा रहेको यस जिल्लाको हावापनी सुख्खा ठण्डा रहेको छ ।

जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्वत र दक्षिणमा म्याग्दी जिल्ला रहेको छ । धौलागिरी हिमाल ८१६७ मी र निलगिरी हिमाल ७०६० पार गरेर आउनु पर्ने भएकाले यस जिल्लालाई हिमालपारीको जिल्लाको नामले चिनिन्छ । धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित यस जिल्लाको करिब बिच भाग भएर काली गण्डकी नदी बगेको छ ।

यस जिल्लाको पर्यटकीय गन्तव्यहरुमा मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, टिटी ताल, निलगिरी हिमाल, धौलागिरी हिमाल, ठिनी घरपझोङ गढी, कैसाङ क्याम्प (खम्पा क्याम्पु), ढुम्बा ताल, तिलिचो ताल, तिलिचो बेसक्याम्प, थारूघाङ्ग भ्युटावर, तातोपानी कुण्ड, रक क्लाइम्विङ, फुक्केलिङ पुरानो गाउँ आदि रहेका छन् ।

मुक्तिनाथ मन्दिर (चुमिग ग्यात्सा) हिन्दू र बौद्ध दुवैको धार्मिक सहजीवनको प्रतीक हो। यहाँ भगवान विष्णुले ब्रिन्दा (जालन्धरकी पत्नी) को श्रापबाट मुक्ति पाएको हिन्दू धर्म मान्छन् । त्यसैले मुक्तिनाथ (मुक्तिनाथ) भनेर पूजा गरिन्छ। पवित्र तीर्थ, जुन आफ्नै रूपमा उत्पन्न भएको भनिन्छ, त्यस्ता आठ तीर्थहरू मध्ये एक हो (अन्यमा श्रीरंगम, श्री मुश्नाम, तिरुपति, नैमिसारण्यम, थोट्टाद्री, पुष्करम र बद्रीनाथ समावेश छन्)। यो प्यागोडा शैली मुक्तिनाथ मन्दिर पनि १०८ वैष्णव तीर्थ मध्ये एक हो। यहाँ १९ औं शताब्दीको प्रारम्भमा हिन्दूहरूले विष्णु मन्दिरको अभिषेक गरे र यसको नाम मुक्तिनाथ – मुक्तिको भगवान हो। अविश्वसनीय कडापनको पृष्ठभूमिमा, तपाईं बसेर दक्षिणमा हिउँले ढाकिएको अन्नपूर्ण श्रृंखला, वा उत्तरमा तिब्बती पठार हेर्न सक्नुहुन्छ।

हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तिर्थस्थल हो मुक्तिनाथ मन्दिर । ३८ सय मिटर उचाईमा रहेको मुक्तिनाथ मन्दिर दर्शन गर्न स्वदेशी तथा विदेशीहरु पर्यटक पुग्ने गर्छन् । वि.सं १८७१ मा निर्माण गरिएको मुक्तिनाथ मन्दिर पेगोडा शैलीमा रहेको छ ।

मन्दिरभित्र भगवान् मुक्तिनाथको तामाको मूर्ति रहेको छ । मुक्तिनाथको मूर्तिको दाँयापट्टि उभिएको लक्ष्मीको मूर्ति र बाँयापट्टि उभिएको सरस्वतीको मूर्ति रहेको छ भने तामाको छानो भएको यस मन्दिरको पित्तलको गजुरमा सुनको जलप लगाइएको छ । मुक्तिनाथको दर्शनको लागि विशेषतः चैत्राष्टमी, रामनवमी, ऋषितर्पणी, बडादशैं आदिपर्वहरु महत्वपूर्ण मानिन्छन्। यसका अलवा मनले चिताएको पुग्ने विश्वासका साथ यहाँ पुग्नेले १ सय ८ धारा र २ वटा कुण्डमा जम्नै लागको पानीमा स्नान गर्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *