२०८० वैशाख २१ गते । तुलसीपुरमा विज्ञापन बोर्ड फेर्ने क्रममा करेन्ट लागेर रुकुम पूर्वका एकजनाकाे मृत्यु भएको छ । २ जना घाइते भएका छन्।
मृत्यु हुनेमा रूकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर १२ घर भई हाल क्यु डाई कन्सलटेन्सी प्रालीमा पढाउने शिक्षक २८ वर्षीय महेश बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
करेन्ट लागि गम्भीर घाइते भएका बिकलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको भएयता पनि बुधबार साँझ ७ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिनुभएकाे छ ।
साँझ करिब साढे ६ बजेतिर तुलसीपुर ५ स्थित विद्युत कार्यालय नजिकै कन्सलटेन्सीमा जापानिज भाषाको पुरानो विज्ञापन बोर्ड हटाई नयाँ बोर्ड राख्ने क्रममा उक्त बोर्डको फलामले बिद्युत्को पोलको तारमा छोएर करेन्ट लागेको प्रहरीले जनाएको छ।
यस्तै करेन्ट लागेर सोही कन्सल्टेन्सीको विद्यार्थी रूकुम पूर्व भुमे गाउँपालिका ४ बस्ने १८ वर्षीय मनिता बिक र रूकुम पूर्व कै पुथा उत्तरगङ्गा गाउँपालिका घर भई बोर्ड परिवर्तनका लागि सहयोगीका रुपमा आएको १६ वर्षीय अर्जुन बिक रहेको प्रहरीले काे प्रारम्भिक अनुसन्धानमा खुलेको हाे ।
प्रहरीका अनुसार मनिताको बायाँ हातको पौँजा र दाहिने हातको कुहिनामा करेन्ट लागेको हुँदा अवस्था गम्भिर रहेको र अर्जुनको दाहिने हातको कुहिनामा करेन्ट लागेको र अवस्था सामान्ने रहेको बताइएको छ।
दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बाँके कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…