२०८० बैशाख २१
बिराज त्रिपाठी
गोरखा । फागुन सात गते पार्टीको केन्द्रीय समितिको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको थियो। चैतसम्म जिल्ला समिति गठन र आगामी जेठ मसान्तसम्म पालिका र वडास्तरीय समितिहरू गठन गर्ने निर्णय रास्वपाले गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी को संगठन विस्तारको क्रममा गोरखामा पनि गति लिगेको छ । गोरखाको सदरमुकाम समेत रहेको गोरखा नगरपालिकामा मिति २०८० साल वैशाख ३० गते शनिवारका दिन राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार कार्यक्रम गोरखा नगरपालिका वडा नं ४ फिनाम ठुलोचौरबाट हुने गोरखा नगर कमिटीका नगर सचिव अमृत भट्राईले जानकारी दिएका छन् ।
भट्राईका अनुसार कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय संगठन विभाग प्रमुख कविन्द्र वुर्लाकोटी लगायत गन्डकी प्रदेश प्रमुख राजन गौतम, विशेष पन्त एवं पाटीका गोरखा जिल्ला संयोजक सुर्वण रोकाहा क्षेत्रीको उपस्थितिमा हुने बताएका छन।
केही दिनपहिले देशका सातै प्रदेश समिति गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि सङ्गठन निर्माण गर्न लागिएको जनाइएको छ ।
गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–४ ताक्लुङ, बाँझोगरामा ८५ वर्षीया दिलमाया रानाको गरगहना लुटिएको घटनामा प्रहरीले…
पोखरा । गण्डकी प्रदेशसभाले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्ने…
गोरखा । पालुङटार नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ४ हजार ५८२ जना विद्यार्थीको सामूहिक दुर्घटना…
गोरखा प्रहरीले ट्रामाडोल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बिहीबार…
गोरखा,असार २४ । गोरखा नगरपालिका–११ को १२ किलो क्षेत्रमा रहेको ओख्ले पाखा सामुदायिक वन क्षेत्रभित्र निर्माण…
गोरखा, असार २२ । गोरखा जिल्लालाई पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।…