Categories: समाचार

रुकुम पूर्वको भूमे सिमखोलामा जीप दुर्घटना, नौ जना घाईते

२४ वैशाख २०८०
आज आईतबार बिहान रुकुम पूर्वको भूमे गाउँपालिका ८ सिमखोलामा जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा परेर नौ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक (डिएसपी) अञ्जना श्रेष्ठका अनुसार बिहान करिब ९ बजेको समयमा भूमे ९ चुनबाङबाट रुकुमकोट आउदै गरेको लु १ ज ३५०३ नम्बरको जीप सिमखोला पुगेको बेला दुर्घटना भएको हो ।

प्रहरीका अनुसार घाइते हुनेमा भूमे गाउँपालिका ८ का १७ वर्षीया चन्द्रकुमारी पुन, सोही वडाका २० वर्षीया लक्ष्मी बिक, १० वर्षीय भरत खड्का, भूमे गाउँपालिका ९ का १८ वर्षीया प्रमिला पुन मगर, १९ वर्षीया रिमा बुढा मगर, १९ वर्षीय गङ्गा बुढा, १९ वर्षीया नर्मिता पुन, रोल्पा जिल्ला परिवर्तन गाउँपालिका ६ का २१ वर्षीय आभाष बुढा मगर र परिवर्तन गाउँपालिका ४ का १९ वर्षीय कमला रोका रहेका छन् ।

हाल घाइतेलाई रुकुम पूर्व अस्पताल रुकुमकोटमा उपचारतको लागि ल्याईएको छ । सबैको अवस्था मध्यम रहेको बताईएको छ ।

जीपमा १२ जना यात्रु सवार रहेका थिए । जीप सडक नजिक रहको सरस्वती मावि सिमचौरको भवन माथि परेको जनाईएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago