स्वास्थ्य

निशुल्क आधारभुत स्वास्थ्य सेवा संचालन गर्न गोरखा नगरपालिका र अस्पताल बीच सम्झौता

बिराज त्रिपाठी

५ जेठ २०८० । गोरखा नगरपालिका र गोरखा अस्पताल बीच आधारभुत स्वास्थ्य सेवा संचालन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । गोरखा नगरपालिका भित्रका नगरबासीलाई आधारभुत स्वास्थ्य सेवा निशुल्क रुपमा प्रदान गर्न नगरपालिका र अस्पताल बीच विहिबार सम्झौता भएको हो ।

सम्झौता भए अनुसार अस्पतालमा नगरपालिकाकाको छुट्टै स्वास्थ्य संस्था स्थापना गरी आगामी जेठ १० गतेबाट निशुल्क आधारभुत स्वास्थ्य सेवा सुरु हुनेछ । आधारभुत स्वास्थ्य कार्यक्रम अन्तरगत ९८ प्रकारका औषधी, १९ प्रकारका ल्याव सेवाका साथै १० प्रकारका अन्य थप सेवाहरु निशुल्क रुपमा प्रदान गरिने नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताउनुभयो । जनरल बेडमा भर्ना हुने लाइ बेड चार्ज र भर्ना निशुल्क पनि उहाले बताउनुभयो ।

नगरपालिका र अस्पातल बीच भएको सम्झौता अनुसार आधारभुत स्वास्थ्य सेवा कार्यक्रम अन्तरग खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन, पोषण सेवा र गर्भवती प्रसव तथा सुत्केरी सेवा उपलब्ध गराइने नगरपालिकाका जनस्वस्थ्य निरिक्षक निश्चल अर्यालले बताउनुभयो । त्यस्तै, परिवार नियोजन सेवा, सरुवा रोग नियन्ण कार्यक्रम, नसर्ने रोग तथा शारीरिक बिकलाङता सम्बन्धी सेवा, सामान्य आकस्मिक अवस्थाको उपचारत्मक सेवा र स्वथ्य प्रवद्र्धनका लगायतका आधारभुत सेवाहरु निशुल्कमा प्रदान गरिने उनले जानकारी दिनुभयो । आधारभुत स्वास्थ्य अन्तरगत पर्ने सबै सेवाहरु गोरखा अस्पतालबाट एकै ठाउँबाट प्रवाह हुने बताउदै नगरपालिकाका स्थानीयहरुले उक्त सेवा उपभोग बापतको  शुल्क भने तिर्नुनपर्ने उनले बताउनुभयो ।

गोरखा नगरपालिका भित्रका सुविधा सम्पन्न गोरखा अस्पताल भएपछि अरु अस्पताल निर्माण गर्न जरुरी  नदेखिएको बताउदै गोरखा अस्पतालबाट नै आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय भएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाले बताउनुभयो । नेपालको संविधानको मौलिक अधिकार अन्तरगत जनतालाई निशुल्क रुपमा आधारभुत स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने व्यवस्था रहेको र त्यसको जिम्मेवारी स्थानीय तहलाई तोकिएकाले नगरपालिकाकाले सो कार्यक्रम थालनी गरेको उहाँले बताउभुयो । यसका लागि चालु वर्ष नगरपालिकाले १५ लाख रुपैया विनियोजन गरेको छ । आगामी दिनमा बजेट र कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका उपपप्रमुख मसली माया थोकरले यो कार्यक्रम लागु भएपछि नगरपालिका भित्रका आर्थिक अवस्था कमजोर भएका लगायतका स्थानीयहरु स्वास्थ्य सेवाबाट बन्चित हुन नपर्ने जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका उपप्रमुख लिला परियारले ढिलै भएपनि गोरखा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा राम्रो कार्यको थालनी गरेको बताउनुभयो । यो कार्यक्रमले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेको नगरबासीहरु लाभान्तिव हुने उनको भनाइ छ ।

त्यस्तै, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठले यस प्रकारका कार्यक्रमले नगरपालिका भित्रका स्थानीयहरुलाई आधारभुत स्वास्थ्य सेवा सहज, सरल र निशुल्कमा पाउने बताउनुभयो । उहाले आगामी वर्षहरुमा गोरखा नगरपालिका सहित जिल्लाका अन्य पालिकाहरुसँग पनि समन्वय गरेर अस्पतालको सेवा सुविधा थप प्रभावकारी बनाउदै लैजाने बताउनुभो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago