Categories: समाचार

लोककल्याणकारी विज्ञापनको अनुदान कटौति गर्ने निर्णय सच्चाउन माग

गोरखा, ७ जेठ : प्रेस सेन्टर नेपालले सरकारले सञ्चार माध्यमहरुलाई उपलब्ध गराउदै आएको लोककल्याणकारी विज्ञापनको अनुदान कटौति गर्ने विज्ञापन वोर्डको निर्णय सच्चाउन माग गरेको छ ।

गोरखामा आइतबार सम्पन्न प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश र गोरखा जिल्ला समन्वय समितिको साधारणसभाले ११ बुँदे गोरखा घोषणापत्र जारी गर्दै विज्ञापन बोर्डले हालै गरेको अनुदान कटौतिको निर्णयले स्वरोजगारमुलक सञ्चार माध्यम र पत्रकारहरुलाई असर पर्ने भन्दै सच्चाउन माग गरेको हो ।

कोभिड–१९, विश्वव्यापी आर्थिक मन्दी जस्ता कारणले समस्यामा परेका सञ्चारमाध्यमको सबलीकरण र पत्रकारहरुको पेसागत सुरक्षाका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन तथा विज्ञापन क्षेत्रमा देखिएको विकृति नियन्त्रण गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराएको साधारणसभापछि प्रेस सेन्टर गण्डकीका महासचिव सन्तोष गौतमले जारी गरेको घोषणापत्रमा उल्लेख छ ।

पत्रकार तथा सञ्चारकर्मीहरुले तोकिएको पारिश्रमिक नियमित र समयमै नपाउने समस्या समाधानका लागि अगुवाई, श्रमजिवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको न्युनतम तलब र समाचारको पारिश्रमिक वृद्धि, समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन, प्रविधिमैत्री, मर्यादित, विश्वसनीय, सन्तुलित र निष्ठायुक्त पत्रकारिताको विकासका लागि पेशागत क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, बिधीको शाषन, संबिधानको रक्षाका लागि प्रगतिशिल र परिवर्तनकारी पत्रकारहरुको ध्रुविकरण र एकताका लागि आव्हान गरेको साधारणसभाले स्वच्छ, जिम्मेवार र उत्तरदायी पत्रकारिताको विकासका लागि सबै पक्ष जिम्मेवार बन्न आव्हान गरेको छ ।

नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धिकरण अभियानको स्वागत गर्दै शुद्धिकरण अभियानलाई देशभरका जिल्ला र प्रतिष्ठान शाखामा कडाईका साथ कार्यान्वयन गर्न आव्हान गरेको छ । भ्रष्टचार विरुद्धको अभियानलाई ठोस निष्कर्षमा पु¥याउन सरकारलाई अनुरोध गरेको साधारणसभाले जनजिविका, शुषासन, विकास, सामाजिक न्याय र सम्बृद्धिका मुद्दामा केन्द्रित हुन आम पत्रकार तथा सञ्चार माध्यमहरुलाई आव्हान गरेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हकहित एवं पूर्ण व्यावसायिक एवं जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध रहने घोषणापत्रमा उल्लेख छ । ऐतिहासिक महत्व बोकेको गोरखा जिल्लासहित गण्डकी प्रदेशको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा आइतबार गोरखा बजारमा भएको साधारणसभामा गण्डकी प्रदेशका पत्रकार, स्वरोजगारमुलक सञ्चार माध्यमको अवस्था, समस्या, चुनौति र पत्रकारितामा रुपान्तरणको विषयमा छलफल भएको थियो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago