गोरखा नगरपालिका भित्र कर्मचारीको विषयमा बहुमत र अल्पमतको दोहोरी, कुन पक्षले के आरोप लगाए ? विस्तृतमा

राजनीति समाचार

२७ वैशाख २०८०

विराज त्रिपाठी

गोरखा । गोरखा नगरपालिका भित्र हाल कर्मचारी हटाउ अभियान चलि रहेको छ । जसका निमित्त बहुमत र अल्पमतको खेल तथा प्रमुख र उपप्रमुखको हास्यास्पद खेल चलिरहेको बेला बाजि कस्ले मार्छ देख्न बाँकी नै छ । किन कि  गोरखा नगरपालिका भित्रका चुनिएका काँग्रेस तथा माओबादिका नगर कार्यपालिका सदस्यहरु बीच पत्रकार सम्मेल गर्दै कार्यपालिका बैठक स्थगित गरेको घोषणाको दोहोरी परिरहेको छ । एका तर्फ बहुमतको घोषणालाई अबज्ञा भन्दै छ त अर्को तर्फ अल्पमत भईकन नियम विपरित गरेको कार्य प्रति विरोध जताएको भनि रहेको छ । यसरी नै पालो पालो नगर कार्यपालिका बैठकमा उपस्थिति नहुने घोषाणा गर्दै जाने हो भने नगरपालिका भविष्य बर्तमानमा नै आँकलन गर्न सकिन्छ ।

कस्ले गर्यो ? किन गर्यो ? भन्दा पनि कस्को बढि सामथ्र्य अथवा को सही र को गलत भन्ने विषयहरुमा विवादको भनाभन चलि रहेको देखिन्छ अथवा कर्मचारी कुन पाटीको हो कस्लाई जोगाइ राख्न के गर्नुपर्छ त्यो गर्ने हो भन्नी आसय खुलस्त देखिन्छ । नगर कार्यपालिकाको बैठक हाल बसेको छैन । जसकारण गोरखा नगरपालिकाको निति निर्माणका कार्यहरु तथा योजनाहरुमा भारी नोक्सान त गरेको  छ नै साथै गोरखा नगरबासीलाई समेत विवादको घेरामा उभ्याएको सामाजिका सन्जालमा प्रत्यक्ष देख्न सकिन्छ ।

२३ बैशाख २०८० का दिन गोरखा नगरपालिका भित्रका नेपाली काँगे्रसका नगर कार्यपालिका सदस्यहरुको बहुमत सदस्यहरुले होटल मिराकल स्थित पत्रकार सम्मेलन मार्फत गोरखा नगरपालिकाका नगर प्रमुखका स्वकीय सचिव अनिश अर्याललाई पदीय अधिकार तथा मर्यादा विपरितका कार्यहरु गर्दै घटनाहरु पटक पटक दोहोर्याई कर्मचारीहरुको मनोबल कमजोर बनाउँँदा सेवा प्रवाहमा प्रभाव परेको भन्दै निस्कासनको माग गर्दै नगर प्रमुख, नगर उप–प्रमुख, प्रशासकीय अधिकृत र नगर कार्यपालिकाको कार्यालयको नाममा सम्बोधन गरी ज्ञापनपत्र बझाएको थियो ।

त्यस्तै तीन दिन पस्चात २६ बैशाख २०८० दिन माओबादी निकट गोरखा नगरपालिका भित्रका सात जना वडा अध्यक्षहरुले पनि होटल गोरखा प्यालेसमा पत्रकार सम्मेलन गर्दै गोरखा नगरपालिकाको शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्कालाई शिक्षक नियुक्तिको लागि नाता पर्नेलाई सेटिङ गरी नाम निकालिएको साथै कार्यलय परिसरमा आउँदा सुर्तिजन्य र मादक पदार्थ सेवन गर्ने भन्दै अविलम्ब राजिनामाको माग गरेको थियो ।

बादविबाद चलिरहनुको मुख्य कारण के हो त ? भन्दा काँग्रेस निकट कार्यपालिका सदस्यहरुको प्रेस वक्तव्य अनुसार गोनपाको शिक्षक छनौट समितिले करार सेवामा शिक्षक नियुक्तिको लागि विज्ञापन गरी शिक्षक छनौट समितिले नै नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा सूचिकृत विषय विज्ञ बोलाउने, प्रश्नपत्र तथा उत्तरकुंजिका निर्माण गर्ने, नियमानुसार परिक्षा संचालन गर्ने, उत्तरपुस्तिका परिक्षण गर्ने र नियुक्तिको लागि सिफारिस गर्ने व्यवस्था रहेको । छनोट समितिबाट परिक्षा संचालन भईरहेको क्रममा नगर प्रमुखका स्वकीय सचिव (सहायक स्तर चौथो तह, करार सेवा) अनिस अर्यालबाट शिक्षा शाखामा पसी आफुले चाहेको व्यक्ति परिक्षामा अनुतिर्ण भएको भनि शिक्षक छनौटमा कुनै संलग्नता नहुने र नभएका शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्कालाई गालीगलैजा गरी अभत्र व्यवहार गर्दै परिक्षा सम्बन्धि कागजातहरु न्ष्ट गर्ने दुष्प्रयास गरेको र उप–सचिव चन्द्र बहादुर खड्का र समितिका अध्यक्ष भरतकाजी अर्याललाई कार्यकक्षबाट बाहिर पठाएको र सो घटना घटेको ३ दिन सम्म प्रतिक्षामा रहंदा कुनै पनि पहल नभएको र प्रमुख प्रशासकीय अधिकृतसँग अनुमति लिई ४६ जना कर्मचारीहरुको संयुत्त दस्तखतबाट स्वकीय सचिव अर्यालको करार सम्झौता भँग गर्न माग गरिएकोमा कुनै कार्बाही नभढाईएको भन्दै नेपाली काँग्रेस निकट बहुमत नगर कार्यपालिका सदस्यहरुले ज्ञापनपत्र बुझाएको थियो ।

त्यस्तै माओबादी केन्द्र निकट कार्यपालिका सदस्यहरुको प्रेस वक्तव्य अनुसार गोरखा नगरपालिका कार्यरत शिक्षा शाखाका प्रमुख चन्द्र बहादुर खड्काले आफु निमित्त प्र.प्र.अ भएको बेलामा नेपालको संविधानले दिएको अधिकार र ऐन कानुन स्थानीय सरकार संचालन ऐन २०७४ को अवज्ञा गर्दै नगर कार्यपालिकामा प्रस्ताव पेश भै निर्णय गरी गर्नुपर्ने थुप्रै विषय वस्तुहरु केही कर्मचारीको संलग्नतामा राजनीतिको आडमा कार्यपालिकामा हाम्रा बहुमत छ भन्ने दिग्भ्रममा परी प्रशासनको चरम दुरुपयोग गर्दै आएको देखिन्छ । जसको ज्वलन्त उदाहरण र प्रमाण सहित पेश गरी गोनपा ९ को खाईपाई आएको १५ हजार तलबबाट बृद्धि गरी १८ हजार ९ सय १७ दिने सम्झौता गरेको छ । यो निमित्त अधिकारीलाई यो अधिकार छ कि छैन हामीले अध्ययन गरेसम्म निमित्त प्रमुखलाई यो अधिकार कानुनले नदिएको यसका निमित्त धेरै चलखेल भएको र गोरखा नगरपालिकाले अंग्रेजी विषयको एक शिक्षक नियूक्तिको लागि आश्यक परेको भनी विज्ञापन गरेकोमा १५ जनाले निवेदन दिई परीक्ष्ााँमा सहभागी हुदै गर्दा प्रश्न पत्र निकाल्ने सन्दर्भमा सामान्यतया तीन वटा कोणबाट हेरेर निकालिने जस्तै २० प्रतिशत प्रश्न उत्कृष्टको हकमा, २० प्रतिशत न्यून चेतनाको हकमा ६० प्रतिशत प्रश्न अन्यको हकमा हुने गरी निकालिनु पर्नेमा त्यहाँ त्यस्तो नभई पुरै प्रश्न कठिन प्रकारको मात्र देखिने र प्रश्नको स्रोत कोइशन बैंकबाट लिएको बुझिएको त्यसलाई अध्ययन गर्दा अघिल्लो प्रश्न निकालिएकोमा मार्क गरिएको र सिमित केही कठिन प्रश्नमात्र मार्क गर्न बाँकी रहेको बुझिन्छ । त्यही मार्क गर्न कठिन प्रश्न मध्येबाट प्रश्न सोधिएको छ । परीक्षामा सहभागी १५ जना भध्ये लिखित र मौखिक गरी बैकल्पिक सदस्य समेतको नाम छनौट गर्नुपर्नेमा १ जनामात्र उत्तीर्ण गराइएको वा छनौट गरिएको छ । यो परीक्षा प्रणाली भित्र पर्छ की पर्दैनः? कारण के हो भने मार्क गर्न बाँकी रहेको प्रश्न लिक भएको दखिन्छ । जसले गर्दा माध्यमिक तह पास भएर आएका शिक्षकहरुलाई फेल गराई आफ्नो भान्जादाइको छोरी भान्जी नाता पर्नेलाई पुरै सेटिङ गरी नामनिकालिएको भन्दै शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काको अविलम्ब राजिनामाको माग गर्दछौ साथै राजिनामा नआएमा नगर कार्यपालिकाको बैठक नबोलाउन माग गर्दै माओबादी केन्द्र निकट ७ जना वडा अध्यक्ष तथा नगर कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनलाई ज्ञापन पत्र बझाएको थियो ।

साथै प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनका अनुसार भने उक्त घटनाको समयमा आफु कार्यलयमा नभई काठमाण्डौमा रहको जानकारी दिनुभयो र उक्त घटनाको जानकारी भने शिक्षक शाखाका प्रमुख चन्द्र बहादुर खड्का फोनबार्ता मार्फत सम्बाद हँुदा खड्काजीले नगर प्रमुखको स्वकीय सचिव अनिस अर्याल ज्युले शिक्षक छनोट कार्यमा दबाव दिएको र अपमान समेत गरेको भन्ने जानकारी दीनुभएकोृ थियो । त्यस्तै उक्त घटना हुनु नपर्ने हो । घटी सकेको हुँदा आन्तरीक रुपमा छलफल गरी मिलाउनुपर्ने र आगामी दीनमा यस्ता किसिमका घटना हुन नदिने किसिमले अघि बढ्नुपर्ने समेत बताए ।

बर्तमान समय सम्म गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर रानाले भने उक्त घटनाको विषयलाई लिगेर कुनै पनि आधिकारीका बयान दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *