गोरखा, ९ जेठ २०८० । पालुङटारको ठाडीपोखरी देखि मसानेठानी सम्मको सडकखण्डको जिम्मा लिएका ठेकेदारलाई कारवाहीका माग गर्दै स्थानीयहरुद्धारा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत सो सडकखण्डको काम ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको भन्दै स्थानीयद्धारा मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।
ठेकेदारलाई लापरवाहीका कारण वर्षो देखि ठाडीपोखरी देखि मसानेठाडी सम्मको सडकको काम हुन नसकेकाले प्रशासनमा आएर धर्ना दिनुपरेको स्थानीय कमल पोखरेलले बताए । यस अघि वन जंगलका बहाना देखिउदै काम रोक्दै आएका थिए । अहिले सो सडकखण्डमा पर्ने सबै रुख कटान गरिसकेको भएता पनि अहिले सम्म सडकको काम भने अघि बढ्न सकेको छैन । अहिले सो सडक एम्बलुेन्स समेत जान नसक्ने अवस्था रहेको बताउदै ठेकेदारले समयमै काम नगरी दिदा स्थानीयहरु वर्षौ देखि हिलाम्य र धुलाम्य भएर हिडनुपरेको उनले बताए ।
ठाडीपोखरी देखि मसानेठानीको सडकखण्डमा काम अलपत्र गर्ने ठेकेदार पटक पटक म्याद थप गरी पैसा कमाउने गरेको तर जनता धुलो खान बाध्य भएको पानपा ४ लुइटेलका नारायण श्रेष्ठले बताए । राजनीतिक दलको आडमा ठेकेदार विकास निर्माणका कार्यको ठेक्का लिने तर सबै अलपत्र अवस्थामा छोड्ने गर्दा जनता सास्ती खेप्नुपरेको बताए ।
पानपा वडा नं ५ का वडा सदस्य सिता सेन्चुरीले ठेकेदारको लापरवाहीका कारण जताजतै सडक खन्ने काम हुदा केहि घर पहिरोको जोखिममा परेको बताइन् । जताजतै सडक अलपत्र छोडिदिदा बाटो वरिपरिको घरमा भल पस्ने, धुलाम्य हुने गरेको उनले बताइन् ।
पुर्व प्रदेश संसद हरिशरण आचार्यले ४ वर्षको अवधिमा दुई पटक म्याद थप भएर तेस्रो पटकका समय सकिन लाग्दा पनि काम २५ प्रतिशत भन्दा अघि बढ्न नसक्नु लाजमर्दो भएको बताए । काम नगर्ने ठेकेदारलाई कारवाहीको प्रक्रिया अगाडि बढाइनुपर्ने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आउदो आइतबार सो सडकखण्डको निर्माण जिम्मा लिएको कम्पनीको ठेकेदार, पालुटार नगरपालिकाका जनप्रतिनि लगायतका स्थानीयको उपस्थितिमा छलफल कार्यक्रम राखिएको बताए ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…