व्यक्तिगत फाईदाको लागि सडक विना पुल र बोरिङ्ग निर्माण गरेको भन्दै स्थानिय बासिन्दा बाट प्रदेशका पुर्व मन्त्रीलाई आरोप

राजनीति

विराज त्रिपाठी


२०७९ साउन १६, सोमवार । व्यक्तिगत फाईदाको लागि आफु मन्त्री हुदा सडक विना पुल र बोरिङ्ग लागि बजेट छुट्याईएको भन्दै गण्डकी प्रदेशका एमाले पार्टिका पूर्व भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत प्रति स्थानिय बासिन्दा आक्रोसित बनेका छन् ।


गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेबर जोड्ने दरौदी नदीमाथि पाँच करोड रुपैयाँ भन्दा बढी लगानीमा मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको रकमबाट सो पुल निर्माण भएको हो ।
पुल बनाउने बेलामा स्थानिय बासिन्दाहरु सँग एकपटक पनि छलफल र समन्वय नगरेको र आफु खुशि व्यक्तिगत स्वार्थका लागि सडक बिना पुल निर्माणको काम अघि बढाएको भन्दैे स्थानिय बासिन्दाहरु गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत प्रति आक्रोश भएका छन र पुलका लागि आवश्यक पर्ने सडक निर्माणका लागि जस्को जमिन प्रयोग गर्ने हो त्यसलाई क्षतिपूर्ति तिर्नुपर्ने अथवा सडक निर्माण गर्न नदिने बासिन्दाहरुको भनाई रहेको छ साथै पदको दुरपयोग गरी पुल नजिक करिब ५० मिटर अगाडी व्यक्तिगत माछापालनका लागि बजेट छुट्याई बारिङ्ग खनेको समेत आरोप लगाएका छन् ।

सडक नै नभएको ठाउँमा निर्माण भएको पुलमा मोटर कसरी आउँछ भन्नेमा स्थानीय आफैं अन्यौलमा छन । पुल वारी सबै खेत छन भने पारी पातलभीरको जंगल रहेको छ । त्यहाका बासिन्दा अनुसार पुलसम्म सडक जोड्नका लागि जरेबरतर्फ एक किलोमिटर भन्दा बढि र नारेश्वर तर्फ करिब दुई सय मिटर सडकको ट्रयाक खोल्नुपर्ने हुन्छ । साथै जरेबर तर्फ खेतीयोग्य जमिन मासेर सडक सञ्जाल जोड्न गरिब तथा किसानी काम गरेर पेट पाल्ने र थोरै मात्र जमिन पर्ने किसान बासिन्दाहरु लाई यस किसिमका विकास ले न्याय नहुने स्थानिय बासिन्दाहरुको भनाई रहेको छ ।

पुल निर्माण गर्दा ४० मिटर बन्नुपर्नेमा ४० मिटर तल बनाईएको भन्दै स्थानिय बासिन्दाहरुले ईन्जिनियर माथि पनि चलखेलको आरोप लगाएका छन् र स्पष्टिकरण दिनुपर्ने माग राखेका छन् ।

स्थानीयसँग आवश्यक छलफल नगरी एकलौटी ढंगले पुल निर्माणको काम अघि बढाएपनि पुलसम्म सडक जोड्न भने मुश्किल देखिएको छ । पुल वारी मन्त्री बस्नेतको खेत रहेको र पारी उनको गाउँ भएकाले पनि हतारमा उनले उक्त योजनामा बजेट विनियोजन गरेको भन्दै उनको आलोचना समेत हुन थालेको छ ।

सडक नै नभएको सो ठाउँमा पाँच करोड ३९ लाख खर्चेर पुल निर्माणको काम भइरहेको छ । हालसम्म करिव ९३ प्रतिशत काम सम्पन्न भएको भौतिक पूवार्धार कार्यालय गोरखाका प्रमुख ओमराम ढुंगानाले बताए ।
पुल निर्माणको जिम्मा एचटिसी÷गणेशकुण्ड÷आईएस निर्माण सेवा जेभीले पाएको हो । २०७७ साल जेठ १३ गते सम्झौता भएर काम सुरु भएको कार्यालयले जनाएको छ ।

२०७९ जेठ १२ गते सक्नुपर्ने उक्त काम करिव अन्तिम चरणमा पुगेको छ । तर सडक नजोडिएकै कारण पुल सञ्चालनमा भने समस्या देखिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *