शिक्षा

भाषा संरक्षण गर्न गोरखामा मगर भाषाको चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

विराज त्रिपाठी

गोरखा, भाषा सिक्नु भनेको कला, संस्कृति आदि सिक्नु हो भन्ने मुल नाराका साथ गोरखामा मगर भाषाको चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । यो अवधिमा मगर जातीतको इतिहास, मगर भाषा, साहित्यको इतिहास र विकासक्रम, मगर भाषाको वर्णमाला, मगर भाषा र संस्कृतिमा अभिवादन र व्याकरणीय शब्दहरुको बारेमा जानकारी गराइने भएको छ ।

नेपाल मगर महिला संघ जिल्ला कार्यसमिति गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा गोरखा नगरपालिका स्थित वडा नं. ७ रोह्टेपानी, गोरखामा रहेको नेपाल मगर संघको सभाहलमा बुधबारबाट भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । उक्त तालिम प्रदान गर्न गोरखा नगरपालिका बाट १ लाख ३५ हजार आर्थिक सहयोग गरेको नेपाल मगर महिला संघको सचिब तथा गोरखा नगरपालिकाको कार्यपालिका सदस्य समेत रहकी सावित्रा थापा पुलामीले जानकारी दिए ।

त्यस्तै नेपाल मगर संघका निवर्तमान अध्यक्ष विष्णु रानाका अनुसार नेपाल भर ३ किसिमका मगर भाषा रहेको जुनमा ढुट, खाम र काईते भएकोमा यहाँ ढुट शैलीको मगर भाषाको तालिम दिइने बताए । साथै रानाका अनुसार मगर भाषाको प्रशिक्षण गर्दा अक्खा लीपीको प्रयोग गर्नुपर्ने भएता पनि नेपाली वर्णमा भाषाको सिकाई हुने बताएका छन ।

गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई उद्घाटन गर्दै मेयर रानाले मगर समुदायको भाषा, संस्कृति संरक्षण, सम्बद्र्धनका लागि भाषा अन्यन्तै महत्व रहेको बताए । मगर भाषालाई संरक्षण गर्दैै पुस्तान्तरण गर्दै जानुपर्नेमा उनले जोड दिए । भाषा, संस्कृति संरक्षण, सम्बद्र्धन कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने उनलले प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य समेत रहेका डा. विष्णु कुमार सिन्जाली मगरले प्रशिक्षणमा तालिम दिईने भएको हो ।

कार्यक्रममा गोरखा नगरपालिकाका भित्रका १४ वटा वडाबाट २७ जना भन्दा बढीको सहभागिता रहेका छन् । मगर भाषा बोल्न सक्ने र भाषा सिक्न इच्छुक भएका व्यक्तिहरुलाई तालिम संचालन गरिएको नेपाल मगर महिला संघ गोरखाले जनाएको छ ।

नेपाल मगर महिला संघ गोरखाका अध्यक्ष पवित्रा थापा मगरको अध्यक्षता तथा गोरखा नगरपालिका नगरप्रमुख कृष्ण रानामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रशिक्षक विष्णु कुमार सिन्जाली मगर, नेपाल मगर संघका केन्द्रिय सदस्य विष्णु रानामगर, गोरखा नगरपालिकाका सामाजिक विकास कार्यालयका प्रमखु विजय उपाध्य, नेपाल मगर संघ जिल्ला समन्वय गोरखाका उपाध्यक्ष नानु माया थापा, नेपाल मगर महिला संघ गोरखाका उपाध्यक्ष सुधा रानामगर लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago