प्रतिक्षा आले
३ असार २०८०, आइतवार । गोरखामा नेपाल ओमेन च्यामबरको आयोजनामा ३ दिने अचार बनाउने तालिम आज आईतबार बाट सुरु भएको छ ।
तालिममा बजारमा सजिलै पाईने आँप, करेला, मुला, मासु लगाएतका सामानहरुबाट अचार, जाम र जुस बनाउने प्रशिक्षण दिईने ओमेन च्यामबर गोरखाकी अध्यक्ष्य ज्ञानु अधिकारीले जानकारी दिनुभयो । उक्त तालिममा ओमेन च्यामबर गोरखाकै १५ सदस्यको सहभागिता रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
ओमेन च्यामबरका महिलाहरुलाई उघमी बनाई व्यवसायी बनाउने उदेश्यका साथ तालिम सञ्चालन गरिएको हो । प्रशिक्षक रेखा शर्मा चौधरीको प्रशिक्षणमा उत्पादित अचार, जुस र जामको हद म्याद छ महिना देखि १ वर्षको हुने र उक्त उत्पादित् वस्तुहरु पूर्ण रुपमा केमिकल रहित र स्वास्थ्यका लागि अत्यन्तै लाभदायिक हुने ओमेन च्याम्बर गोरखाकी अध्यक्ष्य अधिकारीले बताउनु भयो । तालिम पछि उत्पादित् बस्तुहरु १२ वटा देशहरुमा निर्यात गर्ने उदेश्यका साथ नेपाल ओमन च्यामबर अघि बढेको अधिकारीको भनाई छ ।
त्यस्तै, ओमन चेम्बर अफ कमर्सले केहि दिनमा नै कोसेली घर संचालनमा ल्याउने तयारीमा समेत रहेको बताएको छ । कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले तालिममा सिकेको सिपलाई व्यवसायीमा उपयोग गरी सबै महिला उद्यमी बन्नुपर्नेमा जोड दिनुभयो । ओमन चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष ज्ञानु अधिकारीको अध्यक्षता तथा गोरखा नगरपालिकाका उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, ओमन चेम्बरका उपाध्यक्ष सविता प्रधान लगायतले कार्यक्रम मन्तव्य राखेका थिए ।

