शिक्षा

भातभन्दा कोदाको ढिँडो खाने मान्छे बलियो र स्वस्थ

हिजोआज उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह, हृदयघात, क्यान्सरजस्ता नसर्ने रोगहरुको महामारीजस्तै भैसकेको छ । ४० वर्षको उमेर काटेपछि उच्च रक्तचाप नहुने मान्छे पाउन गाह्रो छ । त्यसपछि कोलेस्ट्रोल अनि मधुमेहबाट धेरै नेपाली पीडित भैराखेका छन् । हृदयघात, मस्तिष्कघात र क्यान्सरबाट मर्नेहरुको संख्या दिनदिनै बढ्दो छ । अस्वस्थकर जीवनशैली नै यसको प्रमुख कारण हो ।

रोग नलाग्दासम्म मान्छेलाई जीवनशैलीबारे खासै मतलब हुँदैन । जब रोग लाग्छ अनि बल्ल खानपान र व्यायामबारे खोजीनीति हुन्छ । त्यो पनि आधाभन्दा बढी रोगीले जीवनशैली परिवर्तनबारे डाक्टरले दिएको सल्लाह मान्दैनन् । जीवनशैलीको प्रमुख खम्बा भनेको खानपान हो । त्यसपछि व्यायाम, मानसिक तनाव व्यवस्थापन र व्यवहार परिवर्तन आउँछ । खानपान परिवर्तन गर्न मान्छेलाई धेरै गाह्रो पर्छ । जिब्रोमा स्वाद बसेको खाना नखाऊ भन्दा उसले धेरै समय मान्दैन । अन्तिममा रोगले थला परेपछि बल्ल चेत खुल्छ ।

मैले यहाँ चर्चा गर्न खोजेको विषय खानपानकै हो । त्यसमा पनि नेपालमा प्रशस्त मात्रामा उब्जनी हुने अन्न–कोदोको बारेमा हो । यसका बारे हिजोआज धेरै चर्चा भैराखेको छ । विशेष गरी मधुमेह रोगबाट पीडितहरुलाई कोदोले धेरै फाइदा गर्छ भन्ने तथ्यहरु सार्वजनिक भैराखेका छन् । स्वास्थ्यका लागि कोदोको के महत्व छ भन्नेबारे चर्चा गर्दै छु ।

अंग्रेजी भाषाको ‘मिलेट्स’ शब्दले एक विशेष जातका अन्नहरुको समूहलाई जनाउँछ, जसभित्र कोदो पनि पर्दछ । ‘मिलेट्स’ को नेपाली शब्द मलाई थाहा भएन । यस समूहभित्र ठूला र साना आकारका अन्नहरु पर्छन्, जुन अफ्रिका र एसियामा उब्जनी हुन्छन् । पानी नभएको सुख्खा ठाउँमा पनि उम्रिने र अन्न दिने यसको मुख्य विशेषता हो । नेपालमा खेती गरिने ५ वटा प्रमुख अन्नहरु धान, गहुँ, मकै, कोदो र फापर हुन् । नेपालमा खेती गरिने ‘मिलेट्स’ मध्ये कोदो (फिङ्गर मिलेट), जुनेलो (सोरधुम मिलेट), कागुनो (फक्सटेल मिलेट) र चिनो (प्रोसो मिलेट) प्रमुख हुन् ।

बोलीचालीको भाषामा सबै प्रकारका ‘मिलेट्स’ लाई हामीले कोदो नै भन्ने गर्दछौं । धेरै नेपालीले दुवै छाक भात खाने गर्दछन् । उच्च पहाडी र हिमाली भेगमा जहाँ चामल पाइँदैन त्यहाँ मकै, कोदो, फापर खाने चलन छ । चामललाई धनीको अन्न र मकै, कोदो, फापरलाई गरिबको अन्न भन्ने चलन छ । मकै, कोदो, फापर आदिको ढिँडो खाने जात भनेर कथित तल्लो जातलाई जनाउने गरेका थुप्रै उदाहरणहरु छन् । ढिँडो खानेलाई हेला गर्नेलाई के थाहा कोदोको ढिँडोले मान्छेलाई कति हृष्टपुष्ट र स्वस्थ बनाउँछ भन्ने कुरा १ हामीले आज देखिराखेका छौं, दुई छाक चामलको भात खानेलाई मधुमेह र उच्च रक्तचापले सताइरहेछ अनि डाक्टर साबहरुले उनीहरुलाई चामलको भात खान छाडेर कोदाको ढिँडो खाने सल्लाह दिइराखेका छन् । तर चामलको स्वाद बसेको जिब्रोलाई कोदाको ढिँडोको स्वाद मन पराउन गाह्रो परिरहेको छ ।

स्वास्थ्यलाई चामत्कारिक फाइदा दिने कोदोको बयान सुनेपछि पक्कै पनि कोदोको ढिँडोको स्वाद मन पर्न थाल्नेछ भन्ने आशा गर्दछु । कोदो स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ । पाचन प्रणाली ठीकठाक छ भने यो सजिलै पच्छ । यो कार्बोहाइड्रेट्स, प्रोटिन र फाइबरको स्रोत हो । यसमा अत्यन्त धेरै पौष्टिक तत्वहरु हुन्छन् । पौष्टिक तत्वको हिसाबले चामल र कोदोबीच तुलनै हुन सक्दैन । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका पौष्टिक तत्वहरु हुन्छन् ।

कोदोका स्वास्थ्यवद्र्धक गुणहरु :

वैज्ञानिक अनुसन्धानबाट प्रमाणित कोदोका केही स्वास्थ्यवद्र्धक गुणहरु यस प्रकार उल्लेख गरिन्छ । कोदोको सेवनले रगतमा ग्लुकोजको मात्रालाई घटाउँछ, रक्तचाप घटाउँछ, एन्टिअक्सिडेन्टको गुण भएको हुनाले मुटुरोग, क्यान्सर आदि घटाउनसमेत मद्दत पु¥याउँछ । यसै गरी यसले कोलेस्ट्रोल घटाउँछ, एलर्जी कम गर्छ, कब्जियत कम गर्छ, छाला चाउरी पर्नबाट बचाउँछ, तौल घटाउन मद्दत गर्छ, महिलाहरुको महिनावारी हुँदा पेट दुख्ने समस्यालाई कम गर्छ, जोर्नीहरु दुख्ने समस्यालाई कम गर्छ, कुपोषणबाट बचाउँछ ।

युरोप र अमेरिकामा कोदोको माग बढिराखेको छ । त्यहाँ धेरै मानिसलाई ‘ग्लुटेन’ एलर्जी हुने समस्या छ । ‘ग्लुटेन’ भनेको अन्नहरुमा पाइने एक प्रकारको प्रोटिन हो, जुन गहुँमा धेरै हुन्छ । जुन व्यक्तिलाई ‘ग्लुटेन’ एलर्जी छ उसलाई ‘ग्लुटेन’ भएको खाना पच्दैन र अन्य एलर्जीका लक्षणहरु पनि देखा पर्दछन् । कोदोमा ‘ग्लुटेन’ हुँदैन । यसकारण त्यस्ता व्यक्तिहरुका लागि यो पौष्टिक आहारको राम्रो विकल्प हुनसक्छ ।

मधुमेह र कोदो :

तपाईंलाई मधुमेह रोग छ भने दिनदिनै कोदोको परिकार खाने गर्नोस् । यसबाट धेरै फाइदा छ । धेरै मधुमेहीले भातको सट्टा बेलुकी गहुँको रोटी खाने गर्दछन् । मधुमेहीलाई गहुँभन्दा कोदो धेरै गुणा स्वास्थ्यवद्र्धक छ । गहुँको तुलनामा कोदोले रगतमा कमै मात्र ग्लुकोज बढाउँछ । यसको ‘ग्लाइसेमिक इन्डेक्स’ कम छ तर पौष्टिक तत्व धेरै छ । कोदोको अत्यन्तै ठूलो गुण भनेको यसले मधुमेहलगायत धेरै नसर्ने रोगहरुको शारीरिक, रासायनिक विकृति इन्सुलिन रेजिस्टेन्स र मेटाबोलिक डिस्अर्डरलाई घटाउन मद्दत गर्छ । मधुमेह रोगमा इन्सुलिन हर्मोनले काम गर्दैन अथवा यसको कम उत्पादन हुन्छ । कोदोले इन्सुलिनको कार्यक्षमता बढाउन मद्दत गर्छ । कोदोले तौल घटाउन मद्दत गर्छ । तौल घट्दा मधुमेह पनि घट्छ ।

कोदो कति खाने र कसरी खाने :

कोदो धेरै खाँदा नपच्न सक्छ । दैनिक एकछाक कोदो खानु उत्तम हुन्छ । कोदोको विभिन्न परिकारहरु बनाउन सकिन्छ । कोदोको भात, ढिँडो, पुवा, रोटी, सूप आदिलाई मन परेको स्वादमा बनाउन सकिन्छ । कोदो पकाउँदा थोरै घिउ हाल्ने तर चिनी नहाल्ने सल्लाह दिन्छु । चिनीले कोदोको औषधीय गुणलाई बिगारिदिन्छ । स्वादका लागि मरमसला, ड्राइ फ्रुट्स मिसाउँदा राम्रै हुन्छ । कोदोको रोटीमा अण्डा मिसाएर पकाउँदा पनि खूबै स्वादिलो हुन्छ । कोदोका नयाँ–नयाँ परिकारहरु बनाउन सिक्नुपर्छ ।

कोदो खाँदा अपनाउनुपर्ने सावधानी :

कोदोमा यदि विषादी रहेछ भने हानि गर्छ । पेट दुख्ने, उल्टी हुने, पखाला चल्ने हुन्छ । पकाउनुअगाडि राम्रोसँग पखाल्नुपर्छ । कोदोमा पौष्टिक तत्वहरुबाहेक स्वास्थ्यलाई हानि पुग्न सक्ने केही खराब तत्वहरु पनि थोरै मात्रामा हुन्छन् । ती हुन्– फाइटिक एसिड, पोलिफेनोल, एन्टी गोइटर आदि । यी तत्वले पौष्टिक तत्वहरुको पाचन प्रक्रियामा अवरोध उत्पन्न गर्ने हुन्छ । एन्टी गोइटरले थाइराइड हर्मोन उत्पादनमा असर पार्छ र गलगाँड बढ्ने हुन्छ । यसकारण यस्ता खराबीहरु देखा परेमा भने कोदो खान बन्द गर्नुपर्छ र उपचार खोज्नुपर्छ । कोदोबाट हुनसक्ने धेरैजसो खराबीलाई घटाउन यसलाई राम्रोसँग पखाल्ने, सही तरिकाले पकाउने र ठिक्क मात्रामा खाने गर्नुपर्छ ।

अन्त्यमा, चामलको भात खानेभन्दा कोदाको ढिँडो खाने मान्छे धेरै गुणा बलियो र स्वस्थ हुन्छ । बालबालिकालाई पनि कोदो खान सिकाउनुपर्छ । यसले उनीहरुलाई बलियो र स्वस्थ बनाउँछ । तपाईं–हामीले पनि सुुस्वास्थ्यका लागि कोदो खान सिकौं ।

-साधना हेल्थ

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago