Categories: समाचार

राजनीतिक दलहरूसँग निर्वाचन आयोगको बैठक

२०८० जेठ २६ । निर्वाचन आयोगले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको अनुसूची मार्फत जिल्ला निर्वाचन कार्यालयको विषयमा गरिएको व्यवस्था, निर्वाचन ब्यवस्थापन सम्बन्धी विधेयक नेपाल सरकार मार्फत संसदमा पेश गर्ने बारे, स्थानीय तह मार्फत मतदाता नामावली संकलन प्रारम्भ गर्ने विषय, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्ने र राजनीतिक दलको लेखा र लेखा परीक्षण सम्बन्धमा राजनीतिक दलहरूसँग छलफल गरेको छ ।
प्रस्तुत विषयहरूमाथि आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश कुमार थपलियाले प्रस्तुति गर्नुभएको थियो । बैठकमा भाग लिँदै राजनीतिक दलका प्रतिनिधिहरूले आयोगको स्वतन्त्रता, स्वायत्तत्ता र क्षेत्राधिकारमा संकुचन ल्याउने र प्रतिकूल प्रभाव पार्ने कार्य सरकारबाट हुन नहुने बताउनुभयो ।
उक्त बैठकमा दलहरूका प्रतिनिधिहरूले आफ्नो धारणा प्रस्तुत गर्दै आ.व. २०८०/८१ को बजेट वक्तव्यको अनुसूची मार्फत जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्ने प्रस्ताव गरिएको विषयले आयोगको स्वायत्तत्ता, निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा गम्भीर असर पर्ने देखिएको साथै संविधान बमोजिम स्थापित संवैधानिक निकाय निर्वाचन आयोग मातहतका जिल्लास्थित निर्वाचन कार्यालयहरूबाट भइरहेको काम अन्य निकायमा दिनु नेपालको संविधान र प्रचलित कानून प्रतिकूल हुने देखिन्छ । मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने र भर्खरै सम्पन्न भएका तीनवटै तहका निर्वाचन पश्चात निर्वाचन सम्बन्धी कागजात तथा निर्वाचन सामग्रीहरू सुरक्षित राख्नुपर्ने भएकाले जिल्ला निर्वाचन कार्यालयहरू यथावत रूपमा राखी राख्न उपयुक्त देखिन्छ । तसर्थ, निर्वाचन कार्यालयहरू खारेज गर्ने विषयमा नेपाल सरकारबाट कुनै निर्णय भएको भए तत्काल उक्त निर्णय फिर्ता लिई जिल्ला निर्वाचन कार्यालयहरू यथावत रूपमा सञ्चालनका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउन निर्वाचन आयोग मार्फत नेपाल सरकारलाई लेखी पठाउने गरी उक्त बैठकबाट निर्णय गरिएको छ ।
त्यसैगरी आयोगबाट तयार गरिएको निर्वाचन व्यवस्थापन विधेयक स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने, विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली संकलनका लागि कार्य प्रारम्भ गर्ने, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन गर्ने तथा राजनीतिक दलहरूको लेखा तथा लेखापरीक्षणका सम्बन्धमा निर्वाचन आयोगलाई सबै राजनीतिक दलहरूले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा बैशाख ११ देखि खुल्ला ठाडो भाका प्रतियोगिता आयोजना हुने

गोरखा । यही बैशाख ११ गतेदेखि गोरखामा खुल्ला ठाडो भाका प्रतियोगिता आयोजना हुने भएको छ।…

56 years ago

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारी निर्णय, अवरोध भए सुरक्षा दिने

काठमाडौँ । सरकारले विश्वविद्यालय तथा क्याम्पस परिसरभित्र रहेका विद्यार्थी संगठनका ब्यानर, झन्डा, भित्ते लेखनलगायत संरचना…

56 years ago

गोरखाबाट “धर्म नीति आधारित महाअभियान” सुरु हुँदै, शक्तिपीठ र गुरुकुल निर्माणमा जोड

गोरखा । ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा पुनः राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा…

56 years ago

गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सम्पन्न, शुक्लागण्डकी (टिम बी) विजेता

गोरखा । गोरखा जेसीजद्वारा आयोजित दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।…

56 years ago

स्थानीय परिकार र संस्कृतिको प्रवर्द्धन गर्न गोरखामा महोत्सव

गोरखा । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै गोरखा सदरमुकाममा ‘तेस्रो रैथाने खाना तथा सडक…

56 years ago

गोरखामा वैशाख ३ देखि अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता सुरु

गोरखा । गोरखामा आगामी वैशाख ३ गतेदेखि दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ।…

56 years ago