गोरखाको गोरखा नगरपालिका –९, माथिल्लो टक्सार क्षेत्रमा दुर्लभ मानिएको लोपोन्मुख सालक फेला परेको छ।
बिहिवार करिब बेलुकाको समयमा करिब १० बजे बाटो काट्दै गरेको समयमा स्थानीयवासी गोपाल थापाले फेला पारेको डिभिजन बन कार्यालय गोरखाका बन अधिकृत बाल कुमार नेपालीले जानकारी दिए ।
दुर्लभ भएको उक्त जीवको पहिचान भए पस्चात थापाले नजिकैको लक्ष्मीबजार स्थित ईलाका प्रहरी कार्यालय गोरखाका प्रहरी एवं डिभिजन बन कार्यालय गोरखालाई खबर गरि जानकारी गराएको बन अधिकृत नेपालीको भनाइ छ ।
यसको अवैध सिकारसमेत हुने गरेको छ। सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी सिकार गर्ने गरेको पाइन्छ। यस प्रकारको प्रजाति समुन्द्र सतहदेखि एक हजारदेखि २२ सय मिटरसम्मको उचाइमा पाइने वन अधिकृत नेपालीले जानकारी दिए।
उद्धार गरिएकोे सालकलाई उसैको प्राकृतिक बासस्थान ठाडेखोलको जङ्गलमा लगेर छाडिने उनले बताए।
नेपाल सरकारले पनि यसलाई संरक्षित वन्यजन्तुको सूची राखेको छ। राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले नेपालमा पाइने सालकसहित २७ प्रजातिका स्तनधारी प्राणीहरूलाई लोपोन्मुख सूचीमा राखेको हो। यो ऐनको दफा २६ को उपदफा २ मा सालक मारेमा वा घाइते बनाउनेलाई एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरीवाना वा एक वर्षदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ।
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…