८ असार २०८०, शुक्रवार । गोरखामा जन्ती बोकेको जिप दुर्घटना भएको छ ।
सहिद लखन गाउँपालिका-३, सिलिङ, मनकामनामा शुक्रबार बिहान प्रदेश ३-०३-०२३ च २४२७ नम्बरको बोलेरो जिप सडक बाट अ. २०० मि. तल खस्दा ५ जना को मृत्यु भएको छ भने १२ जना घाइते भएको छ ।
जन्ती बोकेको बोलेरो जिपमा दुलहा दुलही सहित १९ जना सवार कोटगाउँ बाट पोखरी डाडा जादै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपि लिलाराज लामिछानेले जानकारी दिनुभयो । घटना स्थलमा उद्वारका लागि नेपाली सेना र सशस्त्रको टोलि समेत पुगेको प्रहरीले जनाएको छ ।
घाइतेहरुमध्य सबैजना सहिदलखन ५ पोखरीडाँडाका रहेका छन् ।
स्थानीय लालु थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । सोही ठाउँ निबासी सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना, प्रतीक रानाको आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालमा उपचार गरिएको र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…