जन्ती बोकेको जिप दुर्घटना हुन्दा ५ जनाको मृत्यु, सवारी चालक पक्राउ

समाचार

गत असार ८ गते गोरखामा भएको जिप दुर्घटनाको सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोरखाको शहिदलखन गाउँपालिका वडा नं ३ सिलिङ नजिकै कोटगाउँबाट पोखरीडाँडा जन्ती लिएर जाँदै गरेको ३ वटा गाडी मध्ये प्र ३–०१–०२३ च २४२७ नं.को बलेरो जिप सडक देखी २५० मिटर तल भिरमा खस्न गई दुर्घटना भएको थियो ।

दुलहा दुलहीसहित कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेका उक्त जिप दुर्घटनामा परेको थियो । उक्त बोलेरो जिपमा सवार शहिदलखन गाउपालिका वडा नं ५ पोखरीडाँडा बस्ने बर्ष २२ को प्रविण थापा, बर्ष २४ को बिर बहादुर थापा, बर्ष १८ को निरज थापा, बर्ष १७ की नबिना थापा र बर्ष ६४ को थान बहादुर थापा गरी ५ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त घटनामा १२ जना घाईते भएका थिए ।

घटनामा मृतकको आफन्तहरुले उक्त घटनाका सवारी चालक शहिदलखन गाउँपालिका ३ बस्ने २६ वर्षिय दोष बहादुर थापालाइ ज्यान कसूर शीर्षकमा मुद्दा दर्ता गरेको थियो । सोहि बमोजिम उनलाई हिजो पक्राउ गरीएको छ । उनलाई आज जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय गोरखाको प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *