सिरानचोक गाउँपालिकाले सार्वजनिक गरेको आगामि आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि सिरानचोककोटमा आवश्यक पूर्वाधार निर्माण गरिने बताइएको छ।
नेपाल सरकारको सहयोगमा नेपाली सेनाद्वारा तयार गरिने एकीकरण पदमार्गमा सिरानचोक कोटको ऐतिहासिक गौरवमय योगदानलाई समावेश गर्नका लागि आवश्यक पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
पालिकाको सीमाक्षेत्र एकिन गरी सिमानामा कलात्मक एवं पालिकाको ऐतिहासिक मौलिकता झल्कने प्रवेशद्वार निर्माण गर्ने योजना समेत रहेको पालिका अध्यक्ष्य ज्ञानेन्द्र गुरुङले जानकारी दिनुभयो ।
मातृभाषा शिक्षा कार्यक्रमलाई प्रवद्र्धन गर्ने र बालश्रम मुक्त पालिका घोषणा गर्ने पालिकाको योजना छ । बराम, कुमाल र दलितहरुका साथै विपन्न बर्गहरुको लागि बिशेष कार्यक्रम ल्याउने र उनीहरुको परम्परागत पेशा, कला र संस्कृतिको संरक्षण गरिने पालिकाले जनाएको छ ।
टिमुर, अलैँची, ओखर तेजपत्ता, अम्रिसो, चिराइतो, कटहर, केरा, सुन्तला, आँप चिउरी लगायतको कृषि वन तथा नर्सरीको बिकास गरिने बताइएको छ । एक वडा एक बाली बिशेष पकेट कार्यक्रम संचालन गर्ने नीति पालिकाको छ ।
स्थानीय उद्योगलाई करछुट, अनुदान तथा सहुलियत ऋणको व्यवस्था गरिने र अपाङ्गता भएका व्यक्तिहरुले संचालन गरेको उद्योग व्यवसायमा तोकिएको करमा ५० प्रतिशत छुट दिइने व्यवस्था मिलाउने पालिकाले जनाएको छ ।
वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयसम्म पुग्ने सडकलाई पक्की सडकको रुपमा निर्माण गर्ने कार्यलाई निरन्तरता दिइने बताइएको छ । आगामि आर्थिक बर्ष गाउँपालिकाको संस्थागत भवन, वडा नम्वर ४ र ७ को वडा कार्यालय भवन निर्माण कार्य अघि बढाइने पालिकाको योजना छ ।
साथै वडा नम्वर १, २, ३ र ६ को वडा कार्यालय भवनको थप निर्माण कार्य अघि बढाइने पालिकाले जनाएको छ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…