असार २१ । माध्यामिक शिक्षा परिक्षा एसइइको नतिजा प्रकाशन भएको छ । एसइईको नतिजामा गत बर्ष भन्दा यस बर्षको नतिजा सुधार देखिएको छ।
३.६ देखि ४ जिपिए ल्याउनेको संख्या १२ हजार ८४२ ले बढेको छ। गत वर्ष ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या ९ हजार ६३३ रहेकामा यस वर्ष २२ हजार ४७५ रहेका छन्। त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या पनि १३ हजार ४४२ ले बढेको छ। यस वर्ष ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या ५५ हजार ०६९ रहेको छ। गत वर्ष ३.२ देखि ३.६ जिपिए ल्याउनको संख्या ४१ हजार ६२७ रहेको थियो। २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या पनि २ हजार ४६२ ले बढेको छ। गत वर्ष ६९ हजार ९०० ले २.८ देखि ३.२ जिपिए ल्याएकामा यस वर्ष ७२ हजार ३६२ रहेको छ। यस्तै, २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ रहेको छ। यो संख्या भने १ हजार ४२७ ले घटेको हो।
अघिल्लो वर्ष ९० हजार ७५८ ले यो जिपिए ल्याएका थिए। यसवर्ष सबैभन्दा बढी २ देखि २.४ जिपिए ल्याउने विद्यार्थी रहेका छन्। यस वर्ष १ लाख २ हजार २९३ ले २ देखि २.४ जिपिए ल्याएकामा अघिल्लो वर्ष यो संख्या १ लाख १२ हजार ७३३ थियो। २ देखि २.४ जिपिएमा १० हजार ४४० घटेका हुन्।
२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए। तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…