Categories: समाचार

गोरखा सदरमुकाममा दुरसंचार प्राधिकरणको सेवा गुणस्तरमा ध्यान दिन सरोकारवालाहरुले आग्रह

नेपाल दुरसंचार प्राधिकरणको सेवा गुणस्तरमा ध्यान दिन सरोकारवालाहरुले आग्रह गरेका छन् ।

गोरखा सदरमुकाममा आज भएको दुरसञ्चार सेवाको गुणस्तर सम्बन्धमा सरोकारवालाहरुको भूमिका, चुनौती तथा सम्भावना विषयमा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन् ।

नेपाल दुरसञ्चार प्राधिकरण आयोजनामा तथा मेकाट्रोनिक इन्जिनियरिङको व्यवस्थापनमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बजगाईले उत्तरी गोरखाको चुमनुब्री, धार्चे गाउँपालिका, बूूढीगण्डकी प्रभावित क्षेत्र र देशभरका सामुदायिक विद्यालयमा जडान गरिएको फोन तथा इन्टरनेट सेवा प्रभावकारी हुन नसकेको बताए ।

त्यस्तै, पृथ्वीराजमार्गको मुख्य हाइवेमा समेत फोन र इन्टरनेटको समस्या रहेको उनले बताए । उनले प्राधिकरणले सामाजिक सेवा क्षेत्रमा खर्च गर्नुपर्ने ग्रामीण दुरसंचार कोषमा भएको आठ अर्ब भन्दा बढी खर्च नभएको बताए । त्यस्तै, आर्थिक वर्षको अन्तिममा आएर कार्यक्रम संचालन गर्नु बजेट सक्ने काम मात्र भएकाले आगामी वर्षहरुमा यस प्रकारका गल्ती दोहो¥याउन नहुने बताए ।

कार्यक्रममा गोरखा नगरपालिका मेयर कृष्ण रानाले पछिल्लो समयमा नेपालमा दुर संचार क्षेत्रमा धेरै प्रगति भएको र सोहि अनुसार सेवाको गुणस्तरमा समेत ध्यान दिन आग्रह गरे ।

कार्यक्रम पत्रकार महासंघ गोरखाका उपाध्यक्ष नरेन्द्र ढकालले उत्तरी गोरखाका दुर्गम क्षेत्रमा फोन र इन्टरनेटका अन्यन्तै समस्या रहेको र जिल्लाका सरकारी कार्यालयहरुमा पनि इन्टरनेट सेवा प्रभावकारी नहुदा सेवाग्राहीहरु मर्कामा पर्ने गरेको बताए ।

उपभोक्ता हित संरक्षण मञ्च गोरखाका अध्यक्ष किशोरजंग थापाले विजुली लाइन जाने वित्तिकै टेलिफोनको लाइन पनि काटिने भएकाले जनताको सरोकारका विषयमा हेलचक्राई गर्न नहुने बताए । नेपाल दुर सञ्चार अन्तरगत रहेको सबै फोन तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरुले शुल्कसँगसँगै सेवाप्रवाहमा पनि प्रतिस्पर्धा हुनुपर्ने बताए ।

गोरखामा फोन र इन्टरनेटको सेवामा सन्तुष्टि मान्ने आधार नभएको उनको भनाइ छ । चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जिल्ला विभिन्न ठाउँमा राखिएको नेपाल टेलिकम टावरले क्षमता अनुसार पुर्ण रुपमा सेवा प्रवाह नभको बताए ।त्यस्तै, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले अहिले सबै कारोबार अनलाइन मार्फत हुने तर कहिले काही इन्टरनेटमा समस्या आउदा उपभोक्ताहरु धेरै समस्यामा झेल्नुपरेको बताए ।

कार्यक्रम क्यान गण्डकी प्रदेशका उपाध्यक्ष प्रेमध्वज थापाले इन्टरनेट सेवा प्रदायक निकायहरुले सेवागा्रहीलाई प्रवाह गर्ने सेवाको गुणस्तरमा ध्यान दिनुपर्ने, नियमक निकायले निरन्तर अनुगमन, नियमन गरिनुपर्ने बताए ।

कार्यक्रममा प्राधिकरणका निर्देशक मिन प्रसाद अर्यालले दुर सञ्चारको गुणस्तर सम्बन्धी नीतिगत तथा कानूनी व्यवस्था, गुणस्तर सम्बन्धमा दूरसंचार ऐनको प्रावधान, दुरसंचार सेवाको गुणस्तर सम्बन्धी विनियमावाली २०७९ का मुख्य विशेषताहरु, ग्राहक हित संरक्षण सम्बन्धी अन्य व्यवस्था, इन्टरनेट सेवाको न्यूनतम स्तर लगायको विषयमा सहभागिहरुलाई प्रस्तुतीकरण दिएका थिए ।

नेपाल दुर सञ्चार प्राधिकरणका निर्देशक मिन प्रसाद अर्यालको अध्यक्षता तथा प्रतिनिधि सभामा सांसद राजेन्द्र बजगाइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, नेपाल दूर सञ्चार कम्पनी लिमिटेड गण्डकी प्रदेशका वरिष्ठ इन्जिनियर नवराज पौडेल, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्च गोरखाका अध्यक्ष किशोरजंग थापा लगायतलेक कार्यक्रममा मन्तव्य राखेका थिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago