Categories: समाचार

मुख्यमन्त्री पाण्डेद्धारा संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण

असार २४ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन् । आईतवार निरीक्षणमा पुगेका मन्त्री पाण्डेले अहिले भईरहेको भन्दा स्तरीय र बिस्तारित सेवा दिन निर्देशन दिए ।

 

‘सेवा थप सुधार गरेर यहाँ आउने बिरामीलाई सहुलियतमा सजिलो गरि सुविधा दिनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने । संक्राम तथा सरुवा रोग अस्पतालमा उपचार गराईरहेका बिरामीबाट अन्य रोगका बिरामीमा संक्रमण नहोस् भन्ने उद्देश्यले उपचार सेवामा विषेश ध्यान दिन मुख्यमन्त्री पाण्डेले सुझाब दिए ।

अस्पतालमा उपचार गर्न जाने बिरामीको सजिलाकालागि ¥याम्प निर्माण भएको भएपनि लिफ्ट नहुँदा समस्या हुने गरेको डाक्टर बिकास गौचन ले बताए । मुख्यमन्त्री पाण्डेले बिरामीको सुरक्षाकालागि लिफ्ट राख्न जरुरी भएको बताउँदै भने ‘र्याम्प भएर आउजाउ गर्ने ठाउँपनि ब्यवस्थित गर्नुपर्ने रहेछ ।’

मुख्यमन्त्री पाण्डेले अस्प्तालमा रहेका बिरामीको अवस्था, उपचार गराउन आउने दर, प्रविधि र उपकरणको उपलब्धता, जनशक्तिको अवस्था, भौतिक अवस्था लागयतका बारेमा जानकारी लिएका थिए । सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु शर्मा, अस्पतालका डाक्टर बिकास गौचन लगायतले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

अस्पतालले छिट्टै डायलायसिस सेवा सुरु गर्ने गरी तयारी गरिरहेको छ । उक्त अस्पतालबाट जनरल ओपिडि सेवा देखि बिरामी भर्ना, उपचार नियमित हुँदै आएको छ ।

सरुवा तथा संक्रामक रोग लागेका बिरामीलाई छुट्टै आईसोलेट गरेर अन्य बिरामीलाई छुट्टै सेवा दिने गरिएको डाक्टर गौचनले बताए । पोखरा महानगर ३० स्थित प्रदेश सरकार मातहतको उक्त अस्पतालको अहिले नयाँ भबन निर्माणाधिन छ । निर्माणाधिन भबनको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले छिटो काम सम्पन्न गराउनुपर्नेमा जोड दिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago