असार १ । धान खेतिमा नाइट्रोजन एकदमै महत्वपूर्ण हुन्छ । हरियो नाइट्रोजनको श्रोतको रुपमा एजोलालाई प्रयोग गर्न सकिन्छ । एजोला कुहिए पछि एमोनिया निस्कन्छ र जैविक मलका रुपमा धानलाई उपलब्ध हुन्छ। एजोलालाई धान खेतिसँग अन्र्तबाली गर्दा वा एकल खेति गर्दा धानको दोब्बर बढि उत्पादन लिन सकिन्छ । एजोलाको एकल खेति गर्दा खेतमा जोत्नु भन्दा ५–७ दिन अगाडिनै खेतलाई भिझाउनुपर्छ । यसो गर्दा कुहिने प्रकिया छिटो हुन्छ।
एकल जातिय बालीका रुपमा एजोलालाई धान रोपाँइ गर्न भन्दा ३–४ हप्ता अगाडि रोप्नु पर्दछ । अनि खेत तयार पार्ने बेलामा एजोलालाई खेतमा माटोसंग मिलाउन पर्दछ । धान संगै रोप्दा भने ५०० देखि ६०० के.जी प्रति हेक्टर इनोकुलम रोपाँइ गरे पश्चात खेतमा हाल्नु पर्दछ । यसरी ३ देखी ४ हप्तामा एजोलाको म्याट तयार हुन्छ र गोडमेल गर्ने बेलामा माटोमा मिसाउन सकिन्छ ।
२ देखी ३ पटक यसरी एजोलाको खेती गर्दा आवस्यक नाइट्रोजनको माग पुरा हुन्छ । फस्फोरस हाल्दा एजोलाको विकास राम्ररी हुन्छ भने थोरै मात्रामा मोलिब्डेनम हाल्दा बिरुवालाई प्राप्त हुने नाइट्रोजनको मात्रा बढ्न जान्छ । एजोलालाई चैते धान र बर्खे धान दुबैमा प्रयोग गर्न सकिन्छ । धान पाक्ने बेलामा एजोला कम प्रकाशका कारण मर्न थाल्छ र धानको बाला लाग्ने समयमा नाइट्रोजन, फस्फोरस, पोटासियम उपलब्ध हुन्छ । एजोलाले झारबाट पनि धानलाई बचाउँछ । एजोलाले पि.एच बड्न दिँदैन र यस कारणले गर्दा एमोनिया उडेर जान पाउँदैन ।
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…