साउन २ । सप्तरीको कञ्चनरूप नगरपालिकामा एक नाबालिगमाथि सामूहिक बलात्कार भएको छ। वडा नम्बर १२ धर्मपुर टोलमा गत शुक्रबार राति १७ वर्षीया नाबालिगमाथि बलात्कार भएको हो।
बलात्कार घटनाका योजनाकार कञ्चनरूप नगरपालिका-१२ का ४१ वर्षीय कैलाश पोखरेल सहित २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार राईले जानकारी दिए।
राईका अनुसार शुक्रबार मध्यराति ती नाबालिगको घरमै पसेर चारै जनाले कोही नबस्ने छेउको सोमबहादुर मगरको घरमा लगी कैलाशको निर्देशनमा खुकुरी देखाउँदै धम्की दिंदै पालैपालो बलात्कार गरेका थिए ।
कैलाशले नै सुदीप, मनोज र दीपेशलाई निर्देशन दिई आफ्नै अगाडि बलात्कार गर्न लगाएको बयानबाट खुल्न आएको प्रहरी स्रोतले बताएको छ।
घटनापछि नाबालिग र उनका अभिभावकले जाहेरी दिएका थिए।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…