काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले कांग्रेसमा एकता नदेखिएको बताएका छन्।
नयाँ बानेश्वरमा आइतबार बसेको संसदीय दल बैठकमा बोल्दै बजगाईले भने, ‘सेयर बजार चलायमान भएन, अर्थमन्त्रीज्यूको क्रियाशीलता चाहियो।’
‘हाम्रो पार्टीभित्रै एकता छैन, एकले अर्कोलाई कसरी सक्ने चिन्ता छ,’ उनले भने, ‘सुनिल शर्मामाथि अहिले दु:ख परिरहेको छ। हामी उहाँमाथि धेरै आक्रमक हुनु हुँदैन।’
उनले सांसद शर्मालाई प्रतिपक्षमा रहेका नेताहरूले पनि समर्थन गरिरहेको बताएका थिए। ‘कसैले कसुर गरे कानूनी प्रक्रियामा नपर्ने भन्ने कुरै भएन तर उहाँमाथि धरपकड गरियो, पक्राउ गर्दा सभामुखसँग अनुमतिसमेत लिइएको थिएन,’ उनले भने।
गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…
काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…
गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…
पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…
रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…